माओवादी केन्द्र प्रदेश सचिवालय वैठक

पोखरा, १६ चैत /नेकपा माओवादी केन्द्र प्रदेश नं ४ को सचिवालय वैठक वुधवार पोखरामा सम्पन्न भएको छ । प्रदेश कमिटिका ईन्चार्ज देव गुरुङको अध्यक्षतामा वसेको वैठकमा केन्द्रीय कार्यालयका सदस्य तथा पुर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे(उत्तम)ले स्थानीयतहको महत्व, सरकारका पछिल्ला निर्णयहरु तथा आसन्न निर्वाचनमा पार्टीलाई कसरी विजयी गराउने लगायतका विषयहरुमा भनाई राखेका छन् ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले दिनप्रतिदिन जनपक्षिय कामहरु गर्दै गएकोले सरकारको काम गर्ने शैलीवाट विपक्षीहरु अत्तालिएको भनाई पाण्डेको थियो । प्रदेश कमिटिको वैठकले  चैत महिनाभित्र तल्लो तहको वडा सम्मेलन गरिसक्ने, ११ वटै  जिल्लाका जिल्ला ईन्चार्जहरुको नेतृत्वमा निर्वाचन परिचालन कमिटि वनाउने, विभिन्न युवा ,सास्कृतिक तथा वुध केन्द्रित कमिटीहरु वनाउने निर्णय गरेको छ । चार नम्वर  प्रदेशमा पार्टी गतिविधिहरु तथा वडा  सम्मेलनहरु पनि उत्साहका साथ सम्पन्न भएको र माओवादीको पक्षमा जनलहर देखिएको निष्कर्ष वैठकले गरेको छ ।

माओवादीले  विचार र राजनीतिमा आधारित भएर आफ्नो विचार संप्रेषण गर्ने, सन्तुलित, उत्जेजित नहुने र तथ्यको आधारमा भ्रमहरुको खण्डन गर्ने, सरकारका सकारात्मक कामहरुको प्रचार गर्ने, उम्मेदवार चयन सम्वन्धि केन्द्रीय निर्देशिका अनुसार कामको सुरुवात गर्ने  निर्णय भएको पार्टी पोलिटव्युरो सदस्य तथा कास्की इन्चार्ज राजकाजी तमु(करण)ले जानकारी दिए । वैठकमा प्रदेशका ११ जिल्लाका पार्टी पिविएम तथा जिल्ला संयोजकहरुको उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...