अग्रज लायन्सलाई टुरिजम सिटीको बधाई

पोखरा, १६ चैत्र/लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको बधाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । क्लबले हालै लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानमा निर्वाचित गर्भनर एमजेएफ लायन धनराज आचार्य लगायतका लायन्स लिडरहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको हो । कार्यक्रममा क्लबको बर्ष २०१७–१८ का लागि लायन बिष्णुबाबु खड्काको अध्यक्षतामा नवनिर्वाचित कार्यसमितीलाई पनि माला लगाई बधाई ज्ञापन गरिएको थियो ।

क्लबका संस्थापक अध्यक्ष लायन प्रदिप कुँवर र अध्यक्ष सुदिप पौडेलले डिस्ट्रिकका नेतृत्वकर्ताहरु इलेक्ट गर्भनर एमजेएफ लायन धनराज आचार्य, इलेक्ट सेकेण्ड भाइस गर्भनर एमजेएफ लायन इन्दु लम्साल, क्याविनेट सचिव चण्डि अर्याल, कोषाध्यक्ष दामु अधिकारी, निवर्तमान गर्भनर पिएमजेएफ लायन ध्रुब थापा, पिएमसिसि लायन राजन लम्साल लगायतलाई खादा र माला लगाई सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका इलेक्ट गर्भनर एमजेएफ लायन धनराज आचार्यले पोखराले लायन्सहरुको राम्रो पृष्ठभुमी र इतिहास बनाएको भन्दै अग्रज लायन्सहरुले देखाएको मार्गदर्शनलाई अंगाल्दै रचनात्मक र सृजनात्मक कार्य मार्फत समाजलाई टेवा पुर्याउन पर्नेमा जोड दिए । क्लबका अध्यक्ष लायन सुदिप पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष लायन बिष्णुबाबु खड्काले स्वागत तथा सचिब सन्जय मल्लले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...