सामुदायिकको दुई डिआईलाई स्वागत

पोखरा १२ चैत्र /सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की तथा कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्रहरु पृथ्वीचोक ,बैदाम, बगर, माटेपानी, लेखनाथ र कालिका द्वारा पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखरामा हालै सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक मधु प्रसाद पुडासैनी र पश्चिम क्षेत्रिय सशस्त्र प्रहरी वल मुख्यालय कास्कीमा प्रहरी नायव महानिरीक्षक सुबोध कुमार अधिकारीलाई स्वागत गरेको छ ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक मधु प्रसाद पुडासैनीले कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्रहरु अत्यन्तै सकारात्मक सोचले भरिएका पदाधिकारीहरुको सक्रियताका साथ अग्रसर रहेको बताए । सामुदायिक सेवा केन्द्र पबित्रा संस्था भएको भन्दै नेपाल प्रहरीको बहुमुखी जिम्मेवारी रहेको बताए ।

त्यसै गरि पश्चिम क्षेत्रिय सशस्त्र प्रहरी वल मुख्यालय कास्कीका प्रहरी नायव महानिरीक्षक सुबोध कुमार अधिकारीले बिभिन्न अपराधिक क्रियाकलापहरुमा सामुदायिक सेवा केन्द्रहरुले जस्तै प्रहरीलाई सहयोग गर्ने काम गरिरहेको बताउए ।

अध्यक्ष बिष्णु बहादुर भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा संस्था कार्य समिति सदस्य तथा सल्लाहकारहरु, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ,माटेपानीका अध्यक्ष दया बराल, बैदामका अध्यक्ष भिम पराजुली, लेखनाथका अध्यक्ष ज्ञानेन्द्र बजागाई, कालिकाका अध्यक्ष हुमनाथ अधिकारी, शान्तिबन आमा समुह, शान्तिघाट आमा समुह, शान्तिबनबाटिका टोल बिकास संस्था , शान्तिघाट बिकास समिति, नेपाल अपाङ संघ, शान्तिबन युबा क्लब, शान्ति दर्शन महिला समुह, शान्तिबन बाटिका बाल क्लबहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको बारेमा सल्लाहकार डा.दिल बहादुर क्षेत्री , पृथ्वीचोकका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ लगाएतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...