ढिकुरपोखरीमा गाँउपालिकाको पक्षमा ¥याली

ढिकुरपोखरी, १२ चैत / ढिकुरपोखरीका गाँउपालिका पक्षधर स्थानियले आफ्नो साविक गाविसलाई अन्नपुर्ण गाँउपालिकामा राखी राज्य पुर्नसरचना गरिएकोमा खुसी व्यक्त गरेका छन् । उनीहरुले शुक्रवार एक कार्यक्रमका बीच स्थानिय नयाँबजारदेखि नागडाँडा चोकसम्म खुसीयाली ¥याली निकालेका थिए ।

¥यालीमा ढिकुरपोखरीवासी एक हौं, अन्नपुर्ण गाँउपालिकालाई स्वागत गरौ लगायतका नारा लगाइएको थियो । ¥याली पछि नागडाँडाका भएको कोणसभामा बोल्दै राप्रपा ढिकुरपोखरीका अध्यक्ष गुञ्जमान् गुरुङले ढिकुरपोखरीको पहिचान अन्नपुर्ण गाँउपालिकामा मात्र स्पष्ट रहेको भन्दै आफुहरुले सोको स्वागत गरेको बताए ।साविक ढिकुरपोखरी ६ काँडेका विकास गुरुङले राज्यले पुर्नसंरचना गरि ढिकुरपोखरीलाई अन्नपुर्ण गाँउपालिकामा समावेश गराइसकेको वर्तमान अवस्थामा कतिपय ढिकुरपोखरीवासीबाटै यसका बिरुद्घ विभिन्न क्रियाकलाप संचालन गरिएको भन्दै त्यसको डटेर प्रतिबाद गर्नुपर्ने आवश्यकता औल्याए ।

त्यस्तै साविक ढिकुरपोखरी–४ नागडाँडाका बिष्णु अधिकारीले राज्य पुर्नसरचनाको सवालमा ढिकुरपोखरीवासी एक हुनुपर्नेमा चर्चा गर्दै ढिकुरपोखरीलाई अन्नपुर्ण गाँउपालिकाबाट हटाउने प्रयास कतिपय गाविसवासीबाटै हुन ढिकुरपोखरीको अस्तित्व सिध्याउने खेल भएको टिष्पणी गरे ।कार्यक्रममा चन्द्रप्रसाद देवकोटाले पनि भनाई राखेका थिए ।कार्यक्रमको संचालन युवराज गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...