हेमजा, १२ चैत/विश्व हिन्दु महासंघ हेमजा कार्यसमितिले शनिवार हेमजामा आहवान गरेको युवाहरुको भेलाले विश्व हिन्दु महासंघ युवासमितिको अध्यक्षतामा सुदीप त्रिपाठी ‘प्रतीक’लाई सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विजय पौडेल, सचिवमा खेमराज अधिकारी, कोषाध्यक्षमा अम्रिता अधिकारी, सह–सचिवमा नारायणी त्रिपाठी त्यसैगरी सदस्यहरुमा क्रमश नारायण त्रिपाठी, रुपेश नेपाली, विजयराज त्रिपाठी, अस्मिता भण्डारी, सुनिल गायक, बसन्त सुवेदी , अञ्जना पौडेल, मञ्जु भण्डारी, निशा भण्डारी, प्रकाश रेग्मी, निरज अधिकारी र सागर नेपालीलाई चयन गरिएको छ । समितिको कार्यकाल २ बर्षे हुने विश्व हिन्दु महासंघले जनाएको छ ।
यस अघि भेलालाई सम्बोधन गर्दै विश्व हिन्दु महासंघ क्षेत्रीय संयोजक मोतीराज तिमिल्सिना, विश्व हिन्दु महासंघका हेमजा कार्यसमिति अध्यक्ष भरतराज अधिकारी र सचिव शंकरमणि त्रिपाठीले हिन्दु धर्मको महिमा, औचित्य र आवश्यकताका बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष सुदीप त्रिपाठी प्रतीकले हिन्दु धर्मको संरक्षण र यसको हक अधिकारका निमित्त आफू र नवनिर्वाचित समिति कटिवè भएर लाग्ने प्रतिवद्दता जायर गर्नुभयो । विश्व हिन्दु महासंघ हेमजा इकाई कार्यसमिति अध्यक्ष भरतराज अधिकारीको अध्यक्षतामा उपस्थित भेलाको कार्यक्रम सञ्चालन सचिव छन्दमणि त्रिपाठीले गर्नुभएको थियो ।