आदर्शबस्तीमा खानेपानी आयोजना

पोखरा, ११ चैत्र/ पोेखरा लेखनाथ महानगरपालिकाको वडा नं १८ आदर्शबस्ती सराङकोटमा निमार्ण हुुन लागेको खानेपानी आयोजनाको शुक्रबार शिलन्याश गरिएको छ । ढ्वाङको मुहान धारापानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद कोइरालाको सभापतित्वमा आयोजित कार्यक्रममा महानगरपालिकाका योजना प्रमूख इन्जिनियर शारदामोहन काफ्लेले शिलन्यास गरेका हुुन् ।

सो आयोजना कास्की क्षेत्र नं चारबाट प्र्रत्यक्ष निर्वाचित सभासद सीता गिरीद्धारा विनियोजित संसद विकास कोष, उपमहानगर पालिका तथा स्थानीय जनताको सहयोगमा निमार्ण भइरहेको हो । आयोजनालाई नेपाल खानेपानी संस्थान पोखरा शाखाले पनि प्राविद्यिक सहयोग गरेको छ ।  शिलन्यास कार्यक्रममा महानगर पालिकाका योजना शाखा प्रमूख कालेले स्थानीय विकास निमार्णको कार्यमा जनतासँग हातेमालो गरेर अगाडि बढ्न आफूहरु तयार रहेकोे बताए । उनले महानगरपालिकाको क्षेत्र भएर पनि सो बस्तीमा खानेपानीको अभाव रहँदै आएको भन्दै अन्य पूर्वाधारको विकासमा पनि जोड दिए ।

कार्यक्रममा महागरपालिका कार्यलय वडा नं १८ का सचिव रुद्रप्रसाद बस्ताकोटीले आयोजना सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहने बताए । खानेपानी उपभोक्ता समितिका अध्यक्ष कोइरालाले आयोजना सम्पन्न गर्नका लागि सरकारी निकायबाट सहयोग हुनुु पर्नेमा जोड दिए । कार्यक्रममा उपभोक्ता समितिका सल्लाहकार रुद्र तिमल्सिना, कोषाध्यक्ष राधा तिमल्सिना, सचिव कमल भण्डारी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजुु तिमल्सिना, नेकपा एमालेका स्थानीय नेता रणबहादुर थापा र आदर्शबस्ती टोल विकास संस्थाका अध्यक्ष गोपाल खड्काले मन्तव्य राखेका थिए ।

सो खानेपानी आयोजनाबाट त्यस बस्तीका चार सय घरपरिवार लाभान्वित हुने स्थानीयले जानकारी दिएका छन् । बस्ती नजिकको पस्र्या∙स्थित ढवा∙ मुहानबाट ल्याइएको पानीलाई लििट∙ गरेर ट्यांकीमा संकलन गरि उपभोक्तालाई धारबाट वितरण गरिने योजना रहेकोे बताइएको छ । मुलबाट ल्याइएको पानी संकलनका लागि सो बस्तीको दुई ठाँउमा तीनबटा ट्यांकी निमार्ण गर्न लागिएकोे बताइएको छ । ट्यांकी निमार्णका लागि स्थानीय वसन्त श्रेष्ठले निशुल्क जग्गा समेत प्रदान गरेका छन् । आयोजना अन्र्तगत हालसम्म मुहानबाट ट्यांकी निमार्णस्थलसम्म पाइप गाड्ने कार्य पनि सम्पन्न भइसकेको उपभोक्ताले जानकारी दिएका छन् । पाइप गाड्ने र ट्यांकीहरु निमार्णका लागि उपभोक्ताले निमार्ण कम्पनीलाई ठेक्का दिएको पनि जनाइएको छ ।

कमेन्टहरु
Loading...