उकृष्ट उच्च मावि स्टेप वाई स्टेप

पोखरा, ९ असार/पोखरा उपमहानगरपालिका वडा–७ मासवारमा रहेको स्टेप वाई स्टेप उच्च मावि शिक्षा सेवा सम्मान–२०७० वाट सम्मानित भएको छ । उकृष्ट उच्च मावि–२०६९ मा छनोट भएकाले उच्च माविलाई शिक्षा सेवा सम्मान प्रदान गरिएको हो ।

गणतान्त्रिक नेपालको समानुपातिक विकासमा सम्पुर्ण नागरिक समाज समर्पित रहौ’ भन्ने नाराका साथ काम गर्दै आएको शान्ति र विकासका लागि नागरिक आवाज नामक संस्थाले विगतका नतीजाहरुलाई आधार मानेर उच्च माविलाई ताम्रपत्रद्धारा सम्मान प्रदान गरेको हो । देशैभरका नीजि उच्च माविहरुवाट स्टेप वाई स्टेप उकृष्ठमा पर्ने सफल भएको छ ।

उच्च माविलाई मान्नीय शिक्षा र सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेल र शान्ति र विकासका लागि नागरिक आवाज संस्थाका अध्यक्ष रामचन्द पोख्रेलद्धारा हस्ताक्षरित शिक्षा सेवा सम्मान स्वरुप ताम्रपत्र प्रदान गरिएको उच्च माविका संस्थापक निर्देशक रमाकान्त बरालले जानकारी दिए । यही असार आठ गते काठमाडौको नेपाल पर्यटन वोर्डमा विशेष कार्यक्रमविच प्रदान गरिएको थियो ।

विद्याधन सर्वधन प्रधानम’ भन्ने उद्देश्यका साथ स्थापना भएको विद्यालयले दक्ष र अनुभवी शिक्षकशिक्षिकाहरुवाट अध्यन अध्यानपन गराउदै २०६२ सालमा उच्च मावि सञ्चालनमा ल्याएको हो । कक्षा ११ र १२ मा एक सय ६० विद्यार्थी रहेको उच्च माविले गुणस्तरीय शिक्षामा जोड दिर्दै आएको उच्च माविको प्राचार्य निर्मला बरालले बताईन् । स्टेप वाई स्टेप उच्च माविले विज्ञान र व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै आएको छ । विस २०४५ सालमा स्थापना भएको विद्यालयमा १२ सय विद्यार्थीले अध्यनरत छन् । रजत महोत्वस मनाईरहेको विद्यालयले यस वर्षको एस एल सीमा कास्की जिल्ला दोस्रो हुन सफल भएको छ ।

कमेन्टहरु
Loading...