कृष्ती नाच्नेचौरमा युनाइटेड क्लवको निशुल्क स्वास्थ्य शिविर

पोखरा ,३० फागुन/युनाइटेड क्लवको आयोजनामा कास्कीको कृष्ती नाच्नेचौरमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रा.लि.को प्राविधीक सहयोगमा सम्पन्न शिविरमा ३ सय वढीले प्रत्यक्ष स्वास्थ्य लाभ लिएको युनाइटेड क्लवका कार्यसमिती सदस्य तथा स्वास्थ्य उपसमिती संयोजक सुर्य बहादुर बानियाले जानकारी दिए । युनाइटेड क्लवले आफ्नो उद्देश्य अनुसार स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविरको आयोजना गरेको हो ।शिविरमा बालरोग, स्त्री रोग, हाडजोर्नी, फिजिशियन, छालारोग संगै निशुल्क भिडियो एक्सरे तथा ल्याब परिक्षण गरिएको थियो ।

शिविरमा वरिष्ठ फिजिसियन डाक्टर सुबास सापकोटा, जनरल फिजिसियन डाक्टर विष्णु नेपाली स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डाक्टर अञ्जली मेहता, हाडजोर्नी विशेषज्ञ, वालरोग विशेषज्ञ, छालारोग विशेषज्ञ डाक्टर लगायतले उपचार गरेका थिए ।क्लवका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कृष्ती उपशाखाका सभापति लक्ष्मण पोख्रेल, कार्यक्रम संयोजक सूर्य बहादुर बानिया, विशेष अतिथी क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, भविष्य निर्माण मावि ब्यवस्थापन समितीका अध्यक्ष कमल भुजेल लगायतले शिविरको बारेमा प्रकाश पार्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

शिविरमा ३ लाख बरावरको औषधी निशुल्क रुपमा वितरण गरिएको क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । क्लवमा महासचिव राजु श्रेष्ठले सञ्चालन गरेको शिविरमा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङ, द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, सह कोषाध्यक्ष कृष्ण बहादुर थापा मगर, सदस्यहरु साबित्री थापा, निर्मला लामिछाने, दिनेश सुनार, पूर्णकला पोख्रेल र क्लवका कार्यालय सचिव नविन श्रेष्ठको सहभागीता रहेको रहेको थियो ।शिविरमा नेपाल रेडक्रस सोसाइटी कृष्ती उपशाखाको ब्यवस्थापन, ठूलाचौर आमा समुह कृष्ती, जागरण महिला समुह कृष्ती, नेपाल रेडक्रस सोसाइटी उपशाखा १०÷११ र भविष्यनिर्माण मावि कृष्तीको सहयोग रहेको थियो ।

कमेन्टहरु
Loading...