गजल सन्ध्याको अधिवेशन सम्पन्न, अध्यक्षमा ढुङ्गानारुपिन्द्र प्रभावी

पोखरा, ९ असार /‘गजलको उत्थानः हाम्रो अभियान’ भन्ने नारासहित नेपाली गजलको विकासका लागि क्रियाशील गजल सन्ध्या पोखराको शनिबार पोखरामा सम्पन्न आठौं अधिवेशनबाट युवा गजलकार उदिपराज ढुङ्गाना ‘अनभव’ निर्विरोध अध्यक्ष बन्नुभएको छ ।

udeepअन्य पदहरुकाो सर्वसम्मत भए पनि सचिव पदका लागि लक्ष्मण तिमिल्सिना र श्रीकान्त लुइँटेलको उम्मेद्वारी परेकोमा मतदान प्रक्रियाबाट लक्ष्मण तिमिल्सिना निर्वाचित हुनुभएको छ । एकवर्षे कार्यकालका लागि उपाध्यक्षमा बिर्सना बस्नेत, कोषाध्यक्षमा सरिता पौडेल, सहसचिवमा सुमन लम्साल र सदस्यहरुमा सावित्री गौतम, महेन्द्र आचार्य, सन्ध्या अधिकारी, आनन्द भट्टराई, हरिमाया पराजुली र विष्णु रिजाल चयन हुनुभएको छ ।

गजलकार दीपक समीपको संयोजकत्वमा ईश्वरमणि अधिकारी, दिलिप दोषी, सरस्वती प्रतीक्षा र रुपिन्द्र प्रभावी सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेको सन्ध्याले जनाएको छ । यसअघि सम्पन्न ११ औं साधारणसभामा अध्यक्ष मन क्षेत्रीले पेस गर्नुभएको आर्थिक र वार्षिक प्रगति प्रतिवेदन साधारणसभाले पारित गरेको थियो । कार्यक्रममा शुभकामना दिँदै प्राज्ञ सरुभक्तले नेपाली गजलको क्षेत्रमा गजल सन्ध्याले पु¥याएको योगदानको प्रशंसा गर्दै साहित्यिक संस्थामा मिलेर काम गर्नु नै राम्रो हुने बताउनुभयो ।

उहाँले पोखरामा गजलको बहार ल्याउनका लागि नयाँ र पुराना सबै सर्जकहरु मिलेर काम गर्ने वातावरण बनेको स्मरण गर्दै साहित्यमा सबैभन्दा ठूलो ‘वाद’ नै साधना भएको बताउनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष दिलिप दोषी, सल्लाहकार ईश्वरमणि अधिकारी, दीपक समीप, कृष्ण उदासी, पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष सरस्वती प्रतीक्षा, मुक्तक मञ्चका अध्यक्ष कृष्ण देवकोटालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र पौडेलले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...