मैत्रिपूर्ण फुटवलमा डक्टर विजयी

फागुण २७,पोखरा/गण्डकी मेडिकल कलेजका डाक्टर र कास्कीका खेलकुद पत्रकारहरु बिच भएको मैत्रिपूर्ण फुटवलमा डाक्टरको टोली विजयी भएको छ । लेखनाथस्थित कलेजको मैदानमा भएको खेलमा डाक्टर टोलीले नेपाल खेलकुद पत्रकार मञ्चको टोलीलाई ४–२ गोलले पराजित गरेको हो । खेलमा डाक्टरको टोलीका तर्फबाट अमर कोइरालाले २ तथा विवेक रंजित र मदन थापाले एक एक गोल गरे । पत्रकारको तर्फबाट सुरज श्रेष्ठ र प्रविण मगरले एक एक गोल गरेका थिए ।

दोश्रो हाफमा मात्रै गोल गर्न सकेको पत्रकारको टिमबाट प्रविणको पासमा सुरजले पहिलो गोल गर्दै टोलिका लागि गोलको खाता खोलेका थिए । सुरजकै पासरमा प्रविणले डि–बक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । मध्यान्तर अगाडी पत्रकारको तर्पmबाट मन क्षेत्रीको दुई वटा प्रहार गोलपोष्ट माथिबाट बाहिरीको थियो भने डिफेन्स लाइनबाट दिपक गोदारले केहि उत्कृष्ट बचाउ गरेका थिए ।मैत्रिपूर्ण खेलमा डाक्टरको टोलीबाट गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार खनाल, प्रोफेशर डाक्टर रबिन्द्र श्रेष्ठ, सिएओ कृष्ण घिमिरे लगायत मैदान उत्रिएका थिए । पर्चेज इन्चार्ज कृष्ण पौडेलभने मैदानमा छिर्ने क्रममै घाइते भएको थिए ।

उनको दाहिने खुट्टा मर्किएको छ । एकवर्ष अगाडी पौडेलको सोही खुट्टा भाँच्चिएको थियो । खेल पश्चात सिइओ खनाल, डा.रबिन्द्र श्रेष्ठ तथा खेलकुद पत्रकार मञ्च कास्की अध्यक्ष केशब पाठकले आ–आफ्नों मन्तव्य राख्दै मैत्रिपूर्ण खेलले आपसी सद्भावको विकास गर्ने औल्याएका थिए ।गण्डकी मेडिकल कलेजले नवौं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापि खेलकुद कार्यक्रमको आयोजना गरेको छ । सोही प्रतियोगिताको पहिलो दिन पत्रकार र डाक्टर टोलीहरुको मैत्रिपूर्ण फुटवल सम्पन्न भएको हो । प्रतियोगिता अन्र्तगत शनिबार बिहान ८ किलोमिटर खुल्ला सडक दौड प्रतियोेतिगा हुँदै छ । प्रतियोगिता गण्डकी मेडिकल कलेज पृथ्वीचोकबाट शुरु भई लेखनाथ रिठेपानीमा पुगेर समापन हुने खेलकदु कार्यक्रम संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिए ।

प्रतियोतिगामा प्रथम हुनेले नगद १५ हजार, द्धितियले नगद १० हजार तथा तृतीयले नगद ५ हजारका साथमा मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने उनले जानकारी दिए । त्यसैगरि कलेजमा अध्यायनरत छात्र÷छात्राहरुविच अन्तर ब्याच बास्केटबल, ब्याडमिण्टन, टेबलटेनिस, फुटसल लगायतका प्रतियोगिताहरु पनि सञ्चालन गरिने गौतमले जानकारी दिए ।‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ कलेजले हरेक वर्ष सञ्चालन गर्दै आएको यस्तो प्रतियोगिताले सिनियर र जुनियर विद्यार्थीहरुविचको सम्बन्ध सुमधुर पनि बन्ने एशोसियट प्रोफेशर समेत गरेका गौतमले बताए । प्रतियोगितामा विभिन्न नौ टिमबिच प्रतिस्पर्धा हुने छ ।

कमेन्टहरु
Loading...