सफल यातायातमा नयाँ नेतृत्व

पोखरा ८ असार/पृथ्वी राजमार्ग बस संचालक समितिद्धारा सञ्चालीत रात्री बस सेवा उपसमिति सफल यातायातको छैटौ साधारणा सभा तथा अधिवेशन नयाँ कार्यसमिती चयन गरी सम्पन्न भएको छ । अधिवेशनले पुन विष्णु बहादुर खड्काको संयोजकत्वमा १६ सदस्य रहेको नयाँ कार्यसमिती चयन गरेको हो । समितीमा सह—संयोजकमा टेकबहादुर जिसी, सचिव विष्णु जिसी, कोषाध्यक्ष यदुकुमार ढुङेल र सह—कोषाध्यक्षमा मनकुमार श्रेष्ट निर्वीरोध निर्वाचीत गरेको छ ।

त्यस्तै सदस्यहरुमा पुर्ण ताम्राकार, टिकाराम अधिकारी, बुद्धी बाँस्तोला, मोहन गिरी, राम केसी, ढोलराज पाठक, भानुभक्त लामिछाने, भोला शमा, रमाकान्त गौतम, रमेश श्रेष्ठ रहेका छन । उनीहरु सवै निर्वीरोध चयन भएका हुन । सोही कार्यसमीतीले ६ सदस्य रहेको सल्लाहाकार समिती समेत चयन गरेको छ । सल्लाहाकार समितीमा ज्ञानबहादुर केसी, बद्रीनाथ पराजुली, केशव बराल, राम प्रसाद तिमील्सीना, प्रेम कार्की र कुमार थापा रहेका छन ।

यस अघि अधिवेशनको उदघाटन गर्दै पृथ्वी राजमार्ग बस सञ्चालक समितीका अध्यक्ष एन कुमार शाहीले व्यवसायको सफलताका लागी व्यवसायीक एकता र मर्यादा आवश्यक भएकाले व्यवसायीहरुले त्यसमा ध्यान दिनु जरुरी रहेको बताए । समितीका अध्यक्ष विष्णु बहादुर खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका राष्ट्रिय यातायात व्यवसायी महासंघका क्षेत्रिय संयोजक धर्मराज अधिकारी, पृथ्वी राजमार्ग बस सञ्चालक समितीका सचिव योगेन्द्र बहादुर केसी, समितीका सह—संयोजक टेकबहादुर जीसी तथा सल्लाहकार बद्रीनाथ पराजुली लगाएतले शुभकामना दिएका थिए ।

अधिवेशनले पृथ्वी राजमार्ग बस सञ्चालक समितीको बार्षीक प्रतिवेदनमा गाडीको स्तरीएता हेरेर रात्री बसको समय सिमा ८ बर्षलाई बढाएर १० बर्ष पुर्याउनु पर्ने, समितीमा दर्ता भएका कुनै पनि नयाँ गाडी एक बर्ष अनिवार्य रुपमा दिवा सेवामा सञ्चालन गरी रात्री सेवामा ल्याउनु पर्र्ने र समीती दर्ता गराइ रुट कायम गरी अन्य रुटमा गाडी सञ्चालन गर्ने निती हटाउनु पर्ने लगाएतका बिषयहरु समावेश गर्नु पर्ने माग गरेको छ ।

कमेन्टहरु
Loading...