बाढिपिडितको सहयोगका लागी कोरियामा नेपाली विद्यार्थीको सहयोग संकलन

सागर राज तिमिल्सिना/पोखरा, ८ असार/कोरियामा रहेका नेपालीहरुले नेपालमा आएको बाढिपिडितको सहयोगका लागी सहयोग संकलन अभियान शुरु गरेको छ । नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको संयोजकत्वमा अभियान शुरु भएको हो । दुःख र आपतको घडीमा एकले अर्कोलाई सहयोग गर्ने नेपालीको मौलिक पहिचान र विशेषता भएको बताउदै सहयोग अभियान थालेको नेपाली विद्यार्थी समाज दक्षिण कोरियाका सचिब विमल सुबेदीले जानकारी दिए ।

कोरियामा कामका लागि, पढ्नका लागी गएका विद्यार्थी, कोरियाली नागरीक र अन्य देशका नागरीक सहयोग उठाउन शुरु गरेको सुबेदीले जानकारी दिए । नेपालीमा दैविप्रकोप परेका बेला हामी प्रदेशमा रहेर पनि कहि सहयोग गर्न सकिने र देश प्रर्तिको मायालाई कायमै राख्न यस्तो अभियान शुरु गरेको सुबेदीले जानकारी दिए । उनले संकलित रकम नेपाली राजदुताबास दक्षिण कोरिया मार्फत दैवीप्रकोप पीडिलाई पठाउने बताए ।

 

कमेन्टहरु
Loading...