पद्य नर्सिङ्ग होम कर्मचारी यूनियनमा पौडेल

पोखरा ०८ असार/पद्य नर्सिङ्ग होम पोखरामा कार्यरत कर्मचारीहरुको संगठन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन पद्य नर्सिङ्ग होम इकाइ कमिटीको अध्यक्षमा जितेन्द्र पौडेल चयन भएका छन । शनिवार सम्पन्न यूनियनको पहिलो अधिवेशनले पौडेललाई सर्व सम्मत चयन गरेको हो । यूनियनको उपाध्यक्षमा कालिदास शर्मा, सचिवमा कृष्ण आचार्य, सह सचिवमा शोभा पौडेल, कोषाध्यक्षमा नरेश पौडेल, सहकोषाध्यक्षमा रामबिनोद महतो चयन भएका छन ।त्यसैगरी यूनियनको सदस्यहरुमा ब्रह्मदेव महत्तो, राजु थापा, नविन मरासिनी, लक्ष्मी देवकोटा, रोसनी भण्डारी, होमनाथ पौडेल, उमाकान्त रेग्मी , पार्वती श्रेष्ठ र गंगा खड्गी चयन भएका छन । त्यस्तै यूनियनको सल्लाहकारमा डाक्टर नारायण गौतम, नरेन्द्र बास्तोला , खड्ग कुमारी थापा , गंगा थापा, लक्ष्मी कुवर र उमाकान्त रिजाल रहेका छन ।

यूनियनको अध्यक्ष लक्ष्मी कुवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै पद्य नर्सिङ्ग होमका सहायक प्रबन्ध निर्देशक तथा नरेन्द्र बास्तोलाले यूनियनले कर्मचारीको हक र हितका लागी आवाज उठाउदै संस्थाको गरिमा उच्च बनाउनतर्फ अगाडी वढ्न सुझाव दिए । त्यस्तै नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका जिल्ला अध्यक्ष जितेन्द्र पौडेलले कर्मचारी यूनियन कर्मचारीको हक हितको निम्ती काम गर्ने यूनियन भएकाले सम्पूर्ण कर्मचारीलाई एकताबद्ध भएर अगाडी वढ्न आग्रह गरे ।

कार्यक्रममा सहायक प्रशासक नरेश पौडेल, नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला कोषाध्यक्ष उमाकान्त रिजाल, यूनियनका उपाध्यक्ष कालिदाश शर्मा, यूनियनका सचिव कृष्ण आचार्य लगायतले बोलेका थिए । नवनिर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्बाचन मण्डलका संयोजक नरेन्द्र बास्तोलाले सपथ ग्रहण गराएका थिए ।

कमेन्टहरु
Loading...