बाराही उच्च माविका विद्यार्थीहरुलाई बधाई तथा सम्मान

पोखरा, ८ असार/पोखराको मालेपाटनमा रहेको बाराही उच्च माध्यमिक विद्यालयमा आज २०६९ सालको एस.एल.सी परिक्षामा उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । विद्यालयले आज एस.एल.सी परिक्षामा उतिर्ण विद्यार्थीहरुलाई खादा र उपहार प्रदान गरी सम्मान गरेको हो ।

कार्यक्रममा शिक्षक मञ्जु जि.सी, श्रीराम पौडेल, प्राचार्य विद्यालय व्यवस्थापन समितिका सदस्य उमा कोइराला, माधव सुवेदी, पुरुषोत्तम पराजुली, शिक्षक संघका अध्यक्ष कृष्णप्रसाद कोइराला, अभिभावक मंगल त्रिपाठी, विद्यार्थी अजय भुजेल लगायतले शुभकामना दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप विक्रम शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक शम्भु पराजुलीले गरेका थिए ।

कमेन्टहरु
Loading...