राजकिशोरले घरमै भित्र्याए पार्टीका नयाँ कार्यकर्ता

८ असार, काठमाण्डौं । लिग नेपाल शान्ति एकता पार्टीका सह-अध्यक्षसहितका पदाधिकारीले राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिकमा प्रवेश गरेका छन् । अध्यक्ष यादबले आफ्नै निवास गौरीघाटमा विशेष कार्यक्रमको आयोजना गरी लिग नेपाल शान्ति एकता पार्टीका नेताहरुलाई फोरम गणतान्त्रिकमा प्रवेश गराउनुभएको हो ।

Rajkisorनब प्रवेशी नेताहरुमा लिग नेपाल शान्ति एकता पार्टीका सह अध्यक्ष जयबहादुर खत्री, उपाध्यक्ष भरत संग्रौला र लता बैद्य छन् । त्यस्तै सहमहामन्त्री महेश तिमल्सेना, संगठन विभाग प्रमुख छोटेलाल सोरन तथा केन्द्रीय सदस्यहरु पार्वति सिंह ठकुरी, टासीव लामा, एबी गौतम, भुवनकृष्ण श्रेष्ठ छन् । त्यस्तै विद्यार्थी संगठन फाँटका कमल पोखरेल, युवा फाँटका प्रमुख विकास लामा, महिला फाँटका देवी खत्री, एलिजा श्रेष्ठलगायत एकसय भन्दा बढी कार्यकर्ता पार्टीमा प्रवेश गरेको पार्टी अध्यक्ष राजकिशोर यादबले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

मधेशमा केन्द्रीय मधेशी जनअधिकार फोरम गणतान्त्रिकलाई पहाड र हिमालमा पनि सशक्त बनाउने अभियान अन्तर्गत आजको पहिलो खुड्किलो भएको भन्दै अध्यक्ष यादबले नयाँ सोचका साथ पार्टीमा आउनेहरुलाई स्वागत गर्ने बताउनुभयो । यादबले भन्नुभयो-’फोरम गणतान्त्रिक देशलाई समृद्ध बनाउने अभियानमा लागेको छ, नेपालको तराई, पहाड र हिमालमा समस्यालाई सम्बोधन गरी समतामुलक समाज निर्माणमा लागेका छौं । हामीले यो अभियानलाई जारी राखेर देशका सम्पूर्ण जिल्लालाई समेटेर संगठन विस्तार गर्नेछौं ।’ पहिले मधेशमा मात्र सीमित हुनुपरेकाले आफूहरुले सोचे अनुसारका काम गर्न नसकेपनि आगामी दिनमा सम्पूर्ण नेपालीलाई समेट्ने कार्यक्रम ल्याउने बताउनुभयो । नब प्रवेशीहरुलाई कार्यदक्षता र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने यादबको भनाई छ ।

नयाँ पार्टी प्रवेश गर्नुभएका लिग नेपाल शान्ति पार्टीका पूर्व उपाध्यक्ष भरत संग्रौलाले भने आफ्नो पार्टीले उचित नेतृत्व लिन नसकेकाले नयाँ पार्टीमा प्रवेश गर्नुपरेको बताउनुभयो । संग्रौलाले भन्नुभयो-’पार्टीमा नेतृत्व अभाव छ, भनेको काम गर्न पाएका छैनौं, त्यही भएर पार्टी परित्याग गरी फोरम गणतान्त्रिकमा आएका हौं,’ संगौलाले भन्नुभयो-’अन्य पार्टीको तुलनामा फोरम गणतान्त्रिकको नेतृत्व सक्षम छ, सम्पूर्ण नेपालीको समस्या सम्बोधन गरी निकास निकाल्न यस पार्टी मार्फत सकिन्छ भन्ने विश्वास छ ।’ आफूहरुले नेपालमा समृद्धिका लागि काम गर्ने संगौलाले बताउनुभयो । रोजगारीको अभावमा नेपाली विदेसिनुपरेको भन्दै उहाँले नेपालमै रोजगारीको वातावरण बनाएर देशमै केही गर्न सकिन्छ भन्ने सन्देश फोरम गणतान्त्रिकले दिने विश्वास व्यक्त गर्नुभयो ।

– See more at: http://www.onlinekhabar.com/2013/06/84986/#sthash.Pr4St4RU.dpuf

कमेन्टहरु
Loading...