यी हुन् पश्चिमाञ्चल प्रहरी प्रमुख, शान्तिपूर्ण निर्वाचन प्राथमिकतामा

पोखरा, १७ फागुन /पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरीनायब महानिरीक्षक मधुप्रसाद पुडासैनीले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण गर्नु नै पहिलो प्राथमिकता रहेको बताएका छन् ।

उनले सरकारल तय गरेको निर्वाचनलाई सफल बनाउनु नै प्रहरीको पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे । पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा सरुवा भई आएको उनले पोखरामा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले बढ्दो सुरक्षा चुनौतीको सामना गर्दै यस क्षेत्रमा सङ्गठित अपराध, गुण्डागर्दी, बढ्दो नयाँ आपराधिक प्रवृत्ति अन्तयका लागि आफ्नो भुमिका हुने बताए ।

मधुप्रसाद पुडासैनी (डिआइजी)
मधुप्रसाद पुडासैनी (डिआइजी)

उनले नागरिकसँग सहकार्य गर्दै प्रहरी सेवाको प्रवाह, अपराध–अनुसन्धान र नियन्त्रण, सुशासन कायम गर्न प्रशासनिक सुधार, प्रविधिको अधिकतम उपयोग, वैज्ञानिक रुपमा जनशक्ति परिचालन, जनताको अपेक्षाको पहिचान र सम्बोधनका साथै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी रुपमा अघि बढाउने बताए।

उनले प्रहरी सेवालाई जनमैत्री तथा थप प्रभावकारी बनाई जनतामा प्रहरी प्रतिको अपनत्वको भावना विकास गराई समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने बताए । त्यस्तै प्रहरी सेवालाई मुस्कान सहितको प्रहरी सेवा हुदै प्रहरी मेरो साथिको अवधारणा अन्तर्गतनै जनतामाझ सेवा प्रवाहमा वृद्धि गर्ने कुरा बताए । कार्यक्रममा अंचल प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विष्णुहरी गौतमले जनताको सेवामा तलिन रहेन बताए ।

कमेन्टहरु
Loading...