एमाओवादीले मधेस स्वायत्त प्रदेश गठन गर्ने

काठमाडौं, असार ८ – एमाओवादीले ११ जिल्ला समेटेर ‘मधेस स्वायत्त प्रदेश’ गठन गर्ने भएको छ । उसले मधेसमा राजनीति केन्दि्रत गर्न एउटै स्वायत्त प्रदेश बनाउन लागेको हो ।

हाल एमाओवादीका मिथिला, भोजपुरा र अवध राज्य समिति छन् । ती तीन राज्यलाई गाभेर स्वायत्त प्रदेश गठन गरी त्यहीअनुसार नेतालाई जिम्मेवारी दिने उसको तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा शुक्रबार बसेको अनौपचारिक बैठकमा स्वायत्त प्रदेश गठनलाई अन्तिम रूप दिनेबारे छलफल भएको मधेस इञ्चार्ज हरिबोल गजुरेलले जानकारी दिए ।

‘मधेस स्वायत्त प्रदेश गठन गर्ने निश्चित भइसकेको छ,’ उनले कान्तिपुरसूग भने, ‘उक्त प्रदेशमा नेताहरूको कसरी सेटिङ गर्ने गृहकार्य हुूदैछ ।’ यस्तो प्रदेशमा धनुषा, महोत्तरी, सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, नवलपरासी, कपिलवस्तु र रूपन्देही जिल्ला छन् । यसको गठनपछि राज्य पुनसर्ंरचनासम्बन्धी अर्को बहस सुरु हुनेछ । मधेस स्वायत्त प्रदेश गठन गरी उसले आफ्नो पछिल्लो अडान सार्वजनिक गरेको हो । राज्य पुनर्संरचनासम्बन्धी मधेसी दलसूग एजेन्डा मिलेको भन्दै उसले गठबन्धनलाई निर्वाचनसम्म पुर्‍याउने र सकभर साझा उम्मेदवार बनाउने छलफल गरेको थियो । स्वायत्त प्रदेश गठनअघि अन्य मधेसी नेताहरूसूग परामर्श गरिने जानकारी गजुरेलले दिए । ‘मधेसमा कार्यरत नेताहरूको सुझावलाई समेटेर अन्तिम रूप दिइने छ,’ उनको भनाइ छ ।

एमाओवादीले मधेसी दलसूग गठबन्धन गर्ने र उक्त क्षेत्रमा आफ्नो अस्तित्व बढाउने रणनीतिअनुसार स्वायत्त प्रदेश गराउने रणनीति लिएको हो । प्रमुख मधेसवादी दलहरूसूग उसले ‘संयुक्त लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ गठन गरी आगामी निर्वाचनमा सूगै जाने प्रयास जारी राखेको छ । गएको संविधानसभा निर्वाचनमा एमाओवादीले मधेसमा नराम्रो हार भोगेको थियो ।

प्रमुख नेताहरू उपस्थित अनौपचारिक बैठकमा अन्य सहभागीले मधेसमा मधेसी नेताहरू अघि सार्नुपर्ने माग राखेका थिए । अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले मधेसमा मधेसी नेतृत्व विकास गर्ने नीति पार्टीले लिइसकेको बताएका थिए । ‘मधेसमा मधेसी नेतृत्वको नेतृत्व विकास गर्न पार्टी नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने अनौपचारिक छलफल हो,’ श्रेष्ठको भनाइ थियो, ‘हामीले मधेसी नेताहरूलाई सन्तुष्ट पार्ने प्रयास गरेको बतायौं ।’

बैठकमा मधेसलाई केन्द्रमा राखेर अभियान चलाउनेबारे छलफल भएको थियो । ‘मधेसमा विजय सुनिश्चित गर्ने गरी अभियान केन्दि्रत गरिनेछ,’ उपाध्यक्ष श्रेष्ठले भने । एमाओवादी अध्यक्ष दाहालले एक महिनामा दुई पटक मधेसका कार्यक्रममा सहभागी भई त्यहींकै कुनै जिल्लाबाट उम्मेदवार हुने घोषणा गरेका छन् । cp. ekantipur.com

कमेन्टहरु
Loading...