‘श्रमजिवी पत्रकार ऐन कार्यान्वयन सवै पक्ष मिलेर गर्नुपर्छ ’

पोखरा, ७ असार/रिपोर्टस क्लव नेपाल कास्कीले दुई जना पत्रकारलाई सम्मानित गरेको छ । रिपोर्टस क्लव कास्की द्वारा आयोजित बृहत भेला तथा सम्मान कार्यक्रममा रिपोर्टस क्लव नेपालका केन्द्रिय अध्यक्ष ऋषि धमला र रिपोर्टस क्लव कास्कीका पुर्व अध्यक्ष राजबहादुर गुरुङलाई सम्मानित गरेको हो । पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप पत्रकार द्धयलाई सम्मानित गरिएको हो ।

सम्मानित हुने पत्रकार धमला र गुरुङलाई नेपाल प्रेस काउन्सिलका सदस्य माधव शर्मा र रिपोर्टस क्लव कास्कीका अध्यक्ष बाशुदेव मिश्रले दोसल्ला तथा सम्मानपत्रले सम्मानित गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी रिपोर्टस क्लव नेपालका केन्द्रिय अध्यक्ष ऋषि धमलाले श्रमजिवी पत्रकार ऐन लागु गर्न सवै पक्ष मिलेर मात्रै सम्भव हुने बताए । नेपाली सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले समयमा नै तलव नपाउने समस्या मौलाएको बताउँदै सवै पक्ष मिलेर श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने‘ अहिले सवैभन्दा मारमा श्रमजिवी पत्रकार छन् । नेपाली पत्रकारहरु लेखेर बाच्ँने अवस्थामा छैन ।’

उनले संख्यात्मक रुपमा नेपाली सञ्चारमाध्यमको संख्यामा वुद्धि भएपनि व्यवसायिक अझै बन्न सकेको गुनासो गरेका थिए । ‘नेपाली पत्रकारितालाई व्यवसायिक गराउनु पहिलो खुड्किलो नै श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्नु हो ।’ अध्यक्ष धमलाको भनाई रहेको छ । प्रेस स्वतन्त्रताका सेनानी एव प्रेस काउन्सिलका सदस्य माधव शर्माले रिपोर्टस क्लवले सञ्चार क्षेत्रमा पहुँच पु¥याएको बताए ।

रिपोर्टस क्लव कास्कीका अध्यक्ष बाशुदेव मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुली,प्रेस चौतारी कास्कीका सचिव माधव बराल, प्रेस युनियनका पश्चिमाञ्चल संयोजक रमेश पौडेल, प्रेस युनियन गण्डकी अञ्चल सचिव टंक अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र भट्ट ,नेपाली काँग्रेस कास्की सभापति यज्ञबहादुर थापा, नेकपा– माओवादी कास्की इन्चार्ज सावित्री दुरा, नेकपा एमाले सचिवालय सदस्य तेज प्रसाद अधिकारी पश्मिाञ्चल होटेल संघका अध्यक्ष हरिप्रसाद शर्मा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुमनमोहन भट्टराई, सम्मानित व्यक्तित्व राज गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य रिपोर्टस क्लवका उपाध्यक्ष केदार धमला र कार्यक्रम सञ्चालन सचिव भानु पराजुलीले गरेका थिए ।

कमेन्टहरु
Loading...