मृगौलापिडित भूश्रीलाई सहयोग आउने क्रम जारी

पोखरा, ०७ असार/दुवै मृगौला अस्वस्थ भई प्रत्येक हप्ता दुईपटक डायलोसिस गरीरहनुभएका कास्की थुमाकोडाँडा याङ्जाकोटनिवासी भूश्री तमूको मृगौला प्रत्यारोपणको लागी आर्थिक सहयोग आउने क्रम जारी छ । पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा प्रत्येक हप्ता दुईपटक डायलोसिस गरीरहनुभएका ४१ वर्षिया मृगौलापिडित भूश्रीको उपचारको लागी विभिन्न ठाउँबाट सहयोग आएको हो ।

उनलाई स्याङ्जा घर भई हाल क्यानडामा अध्ययनरत रबिन च्हम्रु तमूले नगद ८ हजार ९ सय ३५ रुपैया, सिक्लेस पुरानो घर भई हाल पोखरा गौडाकोमुख निवासी पोल वहादुर तमूले नगद १ हजार र नवलपरासीबाट सानु तमूले नगद १ हजार १ सय ११ रुपैया भूश्री बचाउ अभियानका अभियन्ता एवम् संचारकर्मी देवीजंग तमूमार्फत पिडित भूश्रीलाई आर्थिक सहयोग गरेका हुन् ।

यसअघि भूश्रीको उपचारको लागी तमू प्ये ल्हु संघ कुवेत शाखबाट दुई लाख आठ सय ८८ रुपैया , इजरायलबाट निर्मला तमूले २० हजार र युकेबाट धनकाजी तमूले १५ हजार ६ सय रुपैया सहयोग गरीसकेका छन् ।

कमेन्टहरु
Loading...