लायन्स पोखरा ग्लोबलद्वारा निःशुल्क पाठ्यसामाग्री वितरण

पोखरा, ७ असार/लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीले पोखरा वरपाटन स्थित विन्ध्यवासिनी उच्च माविमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई निःशुल्क पाठ्य सामाग्री वितरण गरेको छ । लायन्स ग्लोबल लेकसिटीको पाठ्यसामाग्री सहयोगबाट विद्यालयका १ सय १९ विद्यार्थी लाभान्वित भएका छन् ।

कार्यक्रमका लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि वानका नेपाल डिष्ट्रिक्ट गर्भनर दिपक श्रेष्ठले लायन्स क्लब एउटा सामाजिक संस्था भएकोले सधैंभरी समाज परिवर्तनका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए ।

क्लबका अध्यक्ष हरिराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक्ट सिनियर एडभाईजर तिर्थलाल श्रेष्ठ, जोन चियर पर्सन दुर्गा ढकाल, विद्यालयका प्रधानाध्यापक वसन्तराज पाण्डे, क्लबका प्रथम उपाध्यक्ष प्रज्वल कुमार थापा, कार्यक्रमका संयोजक लक्ष्मीराज पौडेल लगायतले कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...