क्यान इन्फोटेकमा टाइपिङ प्रतियोगिता सम्पन्न

पोखरा , ७ फागुन / पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ‘जेरक्स क्यान इन्फोटेक–२०१७ विथ मोबाइल एक्स्पो’ मेलामा खुल्ला टाइपिङ प्रतियोगिता सम्पन्न भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सह आयोजनामा चलिरहेको आठौं संस्करणको क्यान इन्फोटेक विथ मोबाइल एक्स्पो’ मेलामा खुल्ला टाइपिङ प्रतियोगिता सम्पन्न भ​एको हो ।

क्यान इन्फोटेकमा टाइपिङ प्रतियोगिता सम्पन्न

गत​ बिहिबार देखी सुरु भ​एको मेला फागुन ८ गतेसम्म आइतबार सम्म जारी रहने छ ।जिल्ला स्तरिय र क्षेत्रिय गरि दुई चरणमा सम्पन्न भएको प्रतियोगितामा जिल्ला र क्षेत्रिय दुवै तर्फबाट कास्की जिल्लाका नविन श्रेष्ठ प्रथम भएका छन् ।त्यसैगरि क्षेत्रिय तर्फ तनहुँका प्रेम बहादुर आले र पर्वतका राजु पौडेल क्रमशः द्धितिय र तृतिय भएका छन् । त्यसैगरि जिल्ला तर्फ कास्कीका प्रदिप पौडेल र शिव श्रेष्ठ क्रमशः द्धितिय र तृतिय भएका छन् ।

क्यान महासंघ कास्कीका अध्यक्ष चिन्तामणी वास्तोलाको अध्यक्षता एव पूर्व उपप्रधान तथा उर्जा मन्त्री माननिय टोप बहादुर रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजन संस्थाका सदस्य तथा टाइपिङ प्रतियोगिताका उप समिति संयोजक महेन्द्र भुर्तेलले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव विश्वास भण्डारीले गरेका थिए ।

सूचना, प्रविधि तथा संचार क्षेत्रमा नेपालमा भित्रिएका नविनतम प्रविधिहरुका बारेमा जानकारी गराई सूचना तथा प्रविधिको विकासमा योगदान पु¥याउने लक्ष्यले इन्फोटेक इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटि कन्फरेन्स, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, इन्फोटेक अवधिभर आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा मोबाइलको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानियस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी मोवाइल गेमिङ,वैज्ञानिक क्ष्ऋत् उपकरण प्रर्दशनी एवं लेटेस्ट टेक्नोलोजीका मोवाइलहरुको प्रर्दशनी एवं विक्री वितरण  गर्ने कार्यक्रममा शनिवारको दिन करिब २० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् ।

कमेन्टहरु
Loading...