पोखरामा क्यान इन्फोटेक मेला विथ मोवाइल एक्सपो जारी

पोखरा , ६ फागुन / पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा जारी क्यान इन्फोटेक मेला विथ मोवाइल एक्सपोले युवाहरुलाई आकर्षित गरेको छ । विभिन्न ब्राण्डमा मोवाइल र कम्प्युटरका पारखीहरुलाई बिहीबार देखि सुरु भएको मेलाले आकर्षित गरेको हो ।मेलामा एकै छाना मुनि विश्वविख्यात विभिन्न १९ ब्राण्डमा मोवाइल बिक्री वितरण एव ब्राण्डको नया मोवाइलहरुको बारेमा जानकारी पाइने भएकाले युवाहरुको आकर्षण बढेको मोवाइल बितरक संघ पोखराका अध्यक्ष शिवहरी पहारीले जानकारी दिए ।

मेलामा मोवाइल बिक्री वितरण पनि आफुहरुले सोचेको भन्दा वढी भएको र सवै भन्दा वढी युवाहरुले नया प्रविधीको मोवाइलहरुको वारेमा जानकारी लिने गरेको पहारीले वताए ।मोवाइल इन्टरनेटका पारखीहरुले पछिल्लो समय फोरजी सेवाको बारेमा त्यति जानकारी नभएकाले मेलामा राखिएको फोरजी सेवाको स्टलले सेवाग्राहीहरुलाई यसको प्रयोगको वारेमा जानकारी दिइएको छ । क्यान इन्फोटेक २०१७ विथ मोवाइल एक्सपो पावर्ड वाइ लाभा मोवाइल एक्सपोमा मोवाइल बिक्री वितरण संगै नेपालमा भित्रिएका र भित्रिन लागेका नया ब्राण्ड तथा प्रविधीका मोवाइलहरुको वारेमा जानकारी, पछिल्लो समय नेपालमा भित्रिएको फोरजी नेटवर्क चल्ने मोबाइल सेटहरु तथा फोरजीको जानकारी गराइने छ ।

पहारीका अनुसार मोवाइल एक्सपोमा विभिन्न स्पोन्सरको रुपमा बगीकरण गरि मोवाइल प्रदर्शनी तथा बिक्री वितरण गरिने छ । जस अन्तर्गत मोवाइल एक्सपोको नाम क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्सपो पावर्ड वाइ लाभा मोवाइल रहेको छ । जसमा डायमण्ड स्पोन्सरको रुपमा लेनोभो, कलर्स, हुवावे, ओप्पो, जिओनी, सामसुङ, जेडटिइ ब्राण्ड रहेका छनभने गोल्ड पार्टनरमा सायोमी, लीएगो, सोनी, माइक्रोम्याक्स वान प्लस ब्राण्ड रहेका छन । त्यसैगरी सिल्भर पार्टनरमा इन्फोकस, जेन, सिजी, केन्ट र माइक्रोसफ्ट ब्राण्ड रहेका छन ।

मोवाइल एक्सपोमा प्रत्येक दिन मोवाइल खरिदकर्ताहरु मध्येबाट तीन जनालाई लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक पुरस्कार प्रदान गर्नुका साथै सो अवधिभर मोवाइल खरिदमा ब्राण्ड हेरी ५ देखि ५० प्रतिशत सम्म छुट प्रदान गरिने नेपाल मोवाइल वितरक संघ पोखराका सचिव जीवन ढुंगानाले जानकारी दिए ।मेलामा एक लाख दर्शकले प्रतयक्ष अवलोकन गर्ने लक्ष्य लिइएको छ । पोखरा र यस आइतबार सम्म सञ्चालन हुने मेलामा प्रत्येक दिन चर्चित कलाकारहरुद्धारा लाइभ कन्सर्ट बाट दर्शकहरुलाई मनोरन्जन प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...