७ असार, काठमाडौं । नेपाली काँग्रेसले मध्यपश्चिम तथा सुदूरपश्चिमलगायत देशका विभिन्न भागमा वषर्ाका कारण भएको जनधनको क्षतिबाट पीडित भएकाहरुलाई तत्काल राहत पुर्याई पुनःनिर्माणको कामलाई युद्धस्तरमा तीव्रता दिन सरकारसँग माग गरेको छ ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीय सदस्यहरु दिलेन्दप्रसाद बडु, एनपी साउद, बद्री पाण्डे, मुख्य सचिव चीनकाजी श्रेष्ठ, विद्यार्थी नेता भूपेन्द्रजङग शाहीलगायतको प्रतिनिधिमण्डलले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई शुक्रबार बिहान भेटेर यस्तो माग गरेको हो ।
मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीलाई उहाँकै निवास बालुवाटारमा भेेटेर काँग्रेस प्रतिनिधिमण्डलले पीडित जनतालाई तत्काल राहत दिन र उद्धार कार्यमा तदारुकता अपनाउन आग्रह गरेको हो । बाढी पहिरोले भत्काएका पूर्वाधारहरुको पुनःनिर्माण कार्य युद्धस्तरमा अघि बढाउन पनि सो प्रतिनिधिमण्डलले आग्रह गर्यो ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले महाकाली, कणर्ाली र मोहनालगायतका नदीमा आएको बाढी तथा वषर्ाका कारण मध्य र सुदूरपश्चिमलगायत देशका विभिन्न भागमा पुगेको धनजनको क्षतिलाई कसरी सामाना गर्ने तथा पीडितको उद्धार, भत्केको संरचनाको निर्माण र राहतको कामलाई तीव्रता दिन सरकारसँग माग गरिएको बताउनुभयो । “विशेषगरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर राहत कार्यक्रम चलाउन र एउटा अधिकारसम्पन्न टोली बनाएर त्यसको कार्यान्वयन गर्नका साथै राहत, उद्धार र पुनःनिर्माण कार्य युद्धस्तरमा चलाउन सरकासँग आग्रह गर्याँै,”-उपसभापति पौडेलले भन्नुभयो ।
खासगरी दार्चुलामा भएको क्षति धौलीगंगा हाइड्रोपावरको कारण भएको भन्ने गुनासो उठेको र उक्त क्षेत्र सीमाक्षेत्र परेकोले धौलीगंगा हाइड्रोपावरको निर्माणमा राम्रो प्रवन्ध नहुँदा त्यसले क्षति पुगेको कुरामा नेपाल र भारत दुबै पक्षमा गुनासो उठेको बारेमा पनि सो अवसरमा जानकारी गराइएको थियो । सो हाइड्रोपावरका कारण नेपाली पक्ष बढी पीडित भएकाले त्यसको क्षतिपूर्तिको लागि सरकारले कुटनीतिक तवरमा छलफल गरेर भारतसँग दोहोरो रुपमै संरक्षण गर्ने र नेपाली आफँैले पनि निर्माण गर्न पहल गर्नुपर्ने कुरा पनि सो अवसरमा प्रतिनिधिमण्डलले सरकारसँग राखेको बताइएको छ ।
अन्तर्राष्ट्रिय सहयोग जुटाएर पुनःनिर्माण र राहतको कार्य सञ्चालन गर्न पनि काँग्रेसले सरकारसँग आग्रह गरेको थियो । मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले आफू सो क्षेत्रको भ्रमण गरेर आएको र सरकारले बैठक बसेर तत्काल यी कुराहरुमा निर्णय गरी काम अघि बढाउने बचन दिनुभएको पनि उपसभापति पौडेलले जानकारी दिनुभयो ।
बाढीपीडितको राहत तथा उद्धारका लागि काँग्रेसले पार्टीको बैठक बसेर सहयोगको अभियान पनि चलाउने भएको छ । वषर्ा भर्खर सुरु भएको र मनसुन पूर्वतर्फ सर्दै जाने भएकाले वषर्ाका कारण हुने क्षतिबाट जोगिन पूर्वसचेतना अपाउनुपर्ने आवश्यकता पनि सो अवसरमा औँल्याइएको थियो । रासस
– See more at: http://www.onlinekhabar.com/2013/06/84596/#sthash.X881hr9d.dpuf