अमेरिकाबाट ‘राघव’, राजबल्लभ निर्माता बन्दै

ठुलोपर्दा डटकम, काठमाडौ। अमेरीकाबाटै नेपालि चलचित्र बन्ने भएको छ । लामो समयदेखि अमेरीकामा चलचित्र सम्वन्धि अध्ययन गरेर म्युजिक भिडियो निर्देशन तथा निर्माण, लघु चलचित्रमा रमाउँदै आएका भुपेन्द्र भट्टराईले अमेरीकाबाटै नेपालि चलचित्र ‘राघव’ निर्देशन गर्न लागेका हुन् । चलचित्रको कथापनि निर्देशक भट्टराईकै रहेको छ । अन्डर ग्राउण्ड टाकिज नेपालको प्रोडक्सन रहने चलचित्र राघवमा अभिनेता राजवल्लभ कोइरालाको राजवल्लभ कोईराला फिल्म्स, आईडिया एण्ड इमेज, प्लानेट थ्री फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको बताइएको छ । नायिका अशिष्मा नकर्मीका अनुसार चलचित्रमा आफ्नी प्रेमिकाबाट बिछोडिएपछि सो सम्बन्धबाट बाहिर निस्कन चलचित्रको पात्र राघवले नयाँ सम्बन्ध शुरु गर्दाको क्षणहरुलाई चलचित्रको कथामा उतारेको बताईएको छ ।

अभिनेता कोईराला भने निर्माताको रुपमा मात्र रहने चलचित्रमा नयाँ अनुहारहरुलाई प्राथमिकता दिने पछिल्लो क्रमलाई चलचित्र राघवले पनि समातेको छ । चलचित्रको मुख्य भुमिकामा शिविर पोखरेल र अस्मिता ढकाल रहेका छन्, भने पछिल्लो समय चर्चा बटुलेको चलचित्र अन्तराल कि अभिनेत्री अशिष्मा नकर्मीपनि चलचित्रको मुख्य भुमिकामा रहेका छिन् । बसन्त भट्ट, गीता अधिकारी, रकेन व्यञ्जकार र केट ब्रासेलको पनि भुमिका रहने बुझिएको छ ।

९० प्रतिशत सुटिङ अमेरिकामा र १० प्रतिशत सुटिङ नेपालमा हुने चलचित्रमा संजीब सिंह, मानव सुवेदी र दि माया ब्याण्डको संगीत रहनेछ । चलचित्रको सुटिङ जुलाई र अगस्टको विचमा गरिने बताईएको छ । नायक राजवल्लभ कोईराला पहिलो पटक निर्माताको रुपमा देखा पर्ने भएका हुन् । cp.

कमेन्टहरु
Loading...