संगम ए, वि, संगम होम र आयोजक विटि पहेंलो विटिकपको सेमिफाइनलमा

पोखरा, ६ असार/पोखराको टुंडिखेलमा जारि आठौ विटिकप नकआउट सेभेन ए साइड फुटवल प्रतियोगितामा संगम ए, वि, संगम होम र आयोजक विटि पहेंलो सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिबार सम्पन्न क्वाटरफाइनल खेलमा संगम ए ले गार्डेन एफसी फुलवारीलाई, संगम होमले एलजी एशोसिएसनलाई, संगम वि ले विटि रातोलाई तथा विटि पहेंलोले पोखरा भ्यालि स्पोर्टस क्लवलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

बिहिबारको खेलमा संगम ए ले गार्डेन एफसीमाथि टाई ब्रेकरमा ४–३ को नजित निकाल्यो । निर्धारित समयको खेल गोलरहित बराबरिमा टुंगिएको सो खेलमा संगमका टंक गुरुङ्ग म्यान अफ द म्याच भए । अर्को खेलमा संगम होमले एलजी एशोसिएसनलाई सडन डेथमा ७–६ ले पराजित ग¥यो । खेलमा संगम होमका सुसिल लामा म्यान अफ द म्याच भए । सो खेलको निर्धारित समयमा दुवैतर्फबाट कुनै गोल हुन सकेको थिएन ।

त्यस्तै, क्वाटरफाइनलको अर्को खेलमा आयोजक विटि रातोलाई ४–१ गोलले पराजित गर्दै संगम वि ले पनि सेमिफाइनलमा स्थान बनाएको हो । संगमको तर्फबाट सुविन श्रेष्ठले २ तथा सुमित राना र म्यान अफ द म्याच उत्तम गुरुङ्गले एक एक गोल गरेका थिए । विटिको तर्फबाट शेरजंग गुरुङ्गले १ गोल गरे । प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आयोजक विटि पहेंलोले पोखरा भ्यालि स्पोर्ट क्लवलाई ३–१ गोलले पराजित ग¥यो ।

ह्याट्रिक गरेका विटिका उचि म्यान अफ द म्याच भ एभने भ्यालिका गोविन थापाले एक गोल गरेका थिए । प्रतियोतिगाको पहिलो सेमिफाइलन खेल संगम होम र संगम ए विच तथा दोश्रो सेमिफाइनल खेल विटि पहेंलो र संगम वि विच हुने आयोजक बुद्धटोल युवा परिवारले जनाएको छ ।

कमेन्टहरु
Loading...