एमाओवादी तेस्रो स्थानमा झर्ने एमालेको निश्कर्ष

६ असार, काठमाडौं । अघिल्लो संविधानसभाको चुनावमा तेस्रो स्थानमा चित्त बुझाएको नेकपा एमालेले आगामी चुनावमा एकीकृत नेकपा माओवादी तेस्रो स्थानमा झर्ने निश्कर्ष निकालेको छ । २ सय ४० निर्वाचन क्षेत्रमा एक महिनासम्म केन्द्रीय प्रतिनिधिहरु खटाएर वस्तुस्थितिको अध्ययन गरेपछि एमाले नेताहरु यस्तो निश्कर्षमा पुगेका हुन् ।pradip gyawali

‘हामीले २ सय ४० निर्वाचन क्षेत्रकै रिपोर्ट प्राप्त गरिसकेका छैनौं, रिपोर्टहरु आउने क्रम जारी छ । तर, अहिलेसम्म आएको रिपोर्टका आधारमा केचाहिँ प्रष्टै देखिएको छ भने आगामी चुनावमा पहिलो र दोस्रो स्थानका लागि प्रतिश्पर्धा हुने भनेको कांग्रेस र एमालेवीचमै हो ।’- एमाले नेता प्रदीप ज्ञवालीले अनलाइनखबरसँग भन्नुभयो, ‘एमाओवादीको पहिलेको वर्चश्व यसपालि रहँदैन । पहिलेको शक्ति सन्तुलनमा परिवर्तन आउने स्पष्ट संकेत देखिएको छ ।’

देशैभरि एमाओवादीको प्रभाव कमजोर देखिएको एमाले नेता ज्ञवालीले बताउनुभयो । ‘कतिपय ठाउँमा एमाओवादी, कांग्रेस र एमालेवीच त्रिकोणात्मक प्रतिश्पर्धा होला, तर अधिकांश ठाउँमा कांग्रेस र एमालेवीच दुईकोणात्मक प्रतिश्पर्धामात्रै हुने देखिन्छ ।’- एमाले नेता ज्ञवालीले भन्नुभयो- ‘मधेसमा हाम्रो अवस्था केही खस्केकै हो, संघीय समाजवादीका कारणले पूर्वी पहाडमा हामीलाई के प्रभाव पारेको छ भन्ने हामी अध्ययन गरिरहेका छौं, उपत्यका र पूर्वी तराईमा हाम्रो स्थितिमा सुधारको संकेत देखिएको छ ।’

अघिल्लो चुनावमा प्रत्यक्षतर्फ १ सय २० सीट जितेको एमाओवादीको आधा सीट घटे पनि ६० सीट रहने हुनाले उसलाई कमजोर आँकिहाल्न नमिल्ने ज्ञवालीले बताउनुभयो । ‘तर, पहिलेजस्तो धाकधम्की, डर त्रास र धाँदली गर्न सक्ने अवस्था नरहेको र उनीहरुप्रतिको जनउभार घटेको हुनाले एमाओवादी पहिलो वा दोस्रो स्थानका लागि प्रतिश्पर्धी हुने स्थिति देखिन्न ।’-ज्ञवालीले थप्नुभयो- पहिलो र दोस्रोका प्रतिश्पर्धी भनेका कांग्रेस र हामी नै हौं ।

कांग्रेस पहिलो कि एमाले ?

चुनावमा पहिलो र दोस्रोका लागि आफूहरु र नेपाली कांग्रेस प्रतिश्पर्धी रहेको दाबी गरे पनि ज्ञवालीले एमाले नै पहिलो बन्छ भनेर दाबी चाहिँ गर्नुभएन । ‘मधेसी दलहरु कमजोर भएकाले कांग्रेसले फाइदा लिन सक्छ, हामी मधेसमा केही कमजोर भएकै हौं । तर, पूर्वी मधेसमा कांग्रेस बलियो छैन । मधेसको जनमत सधैं अस्थिर छ ।’

– See more at: http://www.onlinekhabar.com/2013/06/84224/#sthash.1Nluu2aX.dpuf

कमेन्टहरु
Loading...