एमाओवादी मजदुरद्वारा ‘चन्दा अभियान-२०७०’ घोषणा

६ असार, काठमाडौं । सरकारले संविधानसभा निर्वाचनको मिति घोषणागरेलगतै एमाओवादीनिकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले सार्वजनिक घोषणै गरेर ‘चन्दा अभियान’ चलाउने निर्णय गरेको छ ।

Salikram Jamarkattel_20120610093741महासंघको सचिवालय बैठकले संगठन सञ्चालनका लागि भन्दै दुई महिने चन्दा संकलन अभियान चलाउने निर्णय गरेको हो । अभियानको नाम ‘आर्थिक संकलन कार्यक्रम- २०७०’ राखिएको छ । ‘अखिल नेपाल ट्रेड युनियन महासंघलाई कार्यक्रमका आधारमा नयां उचाईमा पुर्‍याउने प्रतिवद्धताका साथ दुई महिने आर्थिक संकलन कार्यक्रम २०७० संचालन गर्ने भएको छ’ महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ । आर्थिक संकलन कार्यक्रममा ७ लाख मजदुर परिचालन गर्ने महासंघले जनाएको छ । यो अभियानमा कति आर्थिक संकलन गर्ने भन्ने खुलाइएको छैन ।

एमाओवादीको जनवर्गीय संगठनहरुमा शालिकराम जम्मरकट्टेलको नेतृत्वमा रहेको मजदुर संगठन आर्थिक रुपमा निकै मजबुत संगठन मानिन्छ । संगठनमा नेताहरुमाथि बेलाबेला आर्थिक अनियमिताको आरोपसमेत लाग्ने गरेको छ ।

८ हजार तलब नदिए औद्योगिक वातावरण धूमिल हुने

महासंघको बैठकले ८ हजार रुपैयाँ न्यूनतम तलब सबै क्षेत्रमा हुबहु लागू गर्न माग गर्दै दबाबमुलुक कार्यक्रम गर्ने निर्णय गरेको छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी न्यूनतम वेतन वृद्धि १ हजार ८ सय वृद्धि गरी ८ हजार र दैनिक ज्याला ३ सय १८ रुपैयाँ तय गरेको थियो ।

बढेको तलब र ज्याला दिन रोजगारदाताले आनाकानी गरेमा औद्योगिक वातावरण धुमिल हुने चेतावनी संगठनले दिएकेा छ । ‘राजपत्रमा प्रकाशित भएको मितिबाटै १ हजार ८ सय वृद्धि गरी लागू गर्न अनुरोध गर्ने र नभए दबाबमुलक कार्यक्रम लैजाने निर्णय गरिएको छ’, महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘बढेको तलब दिन आनाकानी गरेमा र घुमाउरो बाटो प्रयोग गरी अलमल्याउन खोजेमा यसले औद्योगिक वातावरण धुमिल हुनेछ ।’ महासंघले सामाजिक सुरक्षा कोष सञ्चालनका लागि ऐन अध्यादेशमार्फत् तत्काल ल्याउन दबाब दिने निर्णय थरेको छ ।

यसैवीच महासंघको बैठकले सांगठानिक जिम्मेबारीसमेत हेरफेर गरेको छ । उपत्यका कमाण्डमा जम्मरकट्टेलको स्थानमा जगत सिंखडा, पूर्वी कमाण्डमा गणेश रेग्मीको स्थानमा धनबहादुर विक र पश्चिम कमाण्डमा बाबुराम गौतमको स्थानमा लालध्वज नेम्बाङलाई ल्याएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/84293/#sthash.xgIJN7XT.dpuf

कमेन्टहरु
Loading...