पोखराका विभिन्न स्थानमा ४ वटा होर्डिङ्ग वोर्ड राखियो

पोखार, ६ असार/सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले असार ६ गते विहीवार पोखराका विभिन्न स्थानमा ४ वटा सुचनामुलक होर्डिङ्ग वोर्डहरु राखेको छ । टिआई नेपालसंग आवद्ध संस्था सुनास कास्कीले एलाक डिपी कार्यक्रम अन्र्तगत पोखराका शहिदचोक, विजयपुर, याम्दी र न्यूरोडमा होर्डिङ्ग वोर्डहरु राखेको हो ।

local paperकास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोईरालाले होर्डिङ्ग वोर्डको शुभारम्भ गरेका थिए । होर्डिङ्ग वोर्ड शुभारम्भ गर्दै, कोईरालाले कास्कीलाई भ्रष्टाचारमुक्त क्षेत्र वनाउन सुनासले थालेको अभियान सकारात्मक रहेको बताए । प्रमुख जिल्ला अधिकारी कोईरालाले गलत काम गर्नेलाई दण्ड जरिवाना र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने परिपार्टी वसाल्न सकेपनि सरकारी क्षेत्रमा रहेको भ्रष्टाचार कर्म गर्न सकिने बताए ।

पोखराको ओम फाईनान्स कास्कीको आर्थिक सहयोगमा निर्माण गरिएका होर्डिङ्ग वोर्डमा भ्रष्टाचार विरुद्ध एकजुट होऔं, सुचना के हो ? र हाम्रो आव्हान शीर्षकमा सुचनामुलक सामाग्री राखिएको टिआई नेपालसंग आवद्ध संस्था सुनासका कार्यक्रम अधिकृत भानुभक्त पराजुलीले जानकारी दिए ।

सुनास कास्कीका अध्यक्ष पुण्य पौडेलको अध्यक्षमा भएको होर्डिङ्ग वोर्ड शुभारम्भ कार्यक्रममा सुनास कास्कीका सचिव रवीन्द्र मैनाली, सदस्य कृष्णप्रसाद वराल तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य दुर्गा भण्डारी लगायतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...