१५ औं आहा राराको उपाधी मनाङलाई, उत्कृष्ठ खेलाडी सहाराका सुजित

पोखरा १५ माघ /१५ औ आहा राराको उपाधी जित्दै सर्वाधिक आहा गोल्डकप जित्ने नाम मनाङ मस्र्याङदीले लेख्यो । मनाङ मस्र्याङदीले घरेलु भूमिमा घरेलु टोली आयोजक सहारा क्लबलाई १—० ले पराजित ग¥यो । डिफेन्स कमल श्रेष्ठको ३५ यार्ड परबाट हानेको बल गोल भएपछि उपाधि उचाल्ने सपना मनाङ मस्र्याङदीले पुरा ग¥यो ।

१२ औं सस्करणको फाईनलमा आयोजक सहारासित पराजित हुदाँको पीडा भुल्दै मनाङले डिफेन्डिङ च्याम्पियनको शाख पनि जोगायो । उपविजेतामा चिक्त बुझाउँदै आयोजक सहाराले क्लबले २ लाख ५१ हजार नगद जितेको छ । दर्शकको समर्थन दुवैलाई उस्तै रह्यो । तर बाजी मार्न मनाङ मस्र्याङदीले ७० मिनेट कुर्नुप¥यो । श्रेष्ठको प्रहारलाई सहाराका गोलकिपरले मेसो नै पाउन सकेनन् । बल ‘कर्भ’ हुदैं पोष्टभित्र छि¥यो । जसले च्याम्पियसहित नगद पाँचलाख पुरस्कार राशीको हकदार बनायो ।

तर सहारालाई फाईनलमा भाग्यले ठग्यो । कप्तान उत्तम गुरुङको प्रहार क्रसबारमा लागेर रिवाउण्ड हुनु नै सहाराको भाग्य छोपियो । हेमन्त गुरुङको पासमा अफ्रिकन खेलाडी मार्टिनले मनाङका डिफेन्सलाई कटाउँदै हानेको बल गोलकिपरबाट रिफ्लेक्ट भएको थियो । रिफ्लेक्ट बललाई उत्तमले ५२ औं मिनेटमा उत्कृष्ठ प्रहार गरेपनि क्रसबारमा लागेर फर्कियो ।

१५ औं आहा राराको उपाधी मनाङलाई, उत्कृष्ठ खेलाडी सहारका सुजित
१५ औं आहा राराको उपाधी मनाङलाई, उत्कृष्ठ खेलाडी सहारका सुजित तस्विरः सञ्जय शाक्य

‘हिमश्री फुड्सको मुख्य प्रायोजनमा आयोजित फुटबल प्रतियोगिताको उत्कृष्ठ खेलाडीको पुरस्कार सहाराका गोलकिपर सुजित गुरुङले हिरो ड्यास स्कुटर पाए । उत्कृष्ठ स्ट्राइकरको पुरस्कार शिव सुवेदी (सहारा), सर्वाधिक गोलकर्ता कर्ण सुब्बा (धरान फुटबल क्लब)—तीन गोल०, उत्कृष्ठ डिफेन्स कमल श्रेष्ठ (मनाङ), उत्कृष्ठ मिडफिल्डर सुजल श्रेष्ठ (मनाङ) उत्कृष्ड गोलकिपर सुजित गुरुङ (सहारा) र उत्कृष्ठ प्रशिक्षक किरण श्रेष्ठ(सहारा) घोषित भए । सर्वाधिक गोलकर्ताले नगद २५ हजारसहित ट्रफी पाउँदा अन्यले ट्रफीसहित जनही १५ हजार रुपैयाँ पाए । अनुशासित टोलीको पुरस्कार रमपम झापा ११ लाई पुरस्कृत गरियो । विजेतालाई महिला तथा समाजकल्याण मन्त्री कुमार खड्काले ट्रफीसहित नगद प्रदान गरे । एघार दिने प्रतियोगितामा भाग्यमानी दुईजना दर्शकलाई टिभी तथा एकतोला सुनको औठीं प्रदान गरिएको थियो ।

उत्कृष्टहरु
उत्कृष्ट खेलाडी – सुजित गुरुङ (मनाङमस्र्याङदी क्बल)
उत्कृष्ट फर्वाड – शिब सुबेदी (सहारा क्लब)
उत्कृष्ट किपर –सुजित गुरुङ (सहारा क्लब)
सर्वाधीक गोल कर्ता – कर्ण लिम्बु ( झापा ११ ) तीन गोल
उत्कृष्ट प्रशिक्षक– किरण श्रेष्ठ (सहारा क्लब)
उत्कृष्ट डिफेन्स – कमल श्रेष्ठ (मनाङमस्र्याङदी क्लब)
उत्कृष्ट मिडफिल्डर – सुजल श्रेष्ठ (मनाङमस्र्याङदी क्लब)
फेयरप्ले– झापा ११

कमेन्टहरु
Loading...