घर बहालम ालगाउनेलाई घर बहाल पुस्तिका

पोखरा, ६ असार । आन्तरिक राजश्वकार्यालय पोखराले घर बहाल करलाई ब्यवस्थितगर्ने प्रयास थालेको छ । ब्यवसायीकभवन,ब्यक्तिगतभवन, अपार्टमेण्ट लगायतका स्थायी सम्पति तथा उपकरणहरु भाडामालगाउनेहरुसँग कर असुल्नको लागि राजश्वकार्यालयले यो अभियानथालेको हो । अभियानअन्तर्गत राजश्वकार्यालयले कर बहाल करलाई अद्यावधीगर्न घर बहाल कर पुस्तिका नै बितरण थालेको छ ।

पुस्तिकामा घर बहालमादिनेहरुले सो बापतप्राप्त रकमकोजानकारीसहित कर तिरेको प्रमाण पनि समावेशगरिएको छ । घर धनीले कर कार्यालयमागई घरबहालबापतप्राप्त रकमको कर तिर्नुुपर्ने ब्यवस्था कर कार्यालयले गरेको हो । घर बहाल करलाई ब्यवस्थित र अद्यावधीगर्न तथायसबारे सर्वसाधारणलाई जानकारी गराउने उदेश्यले पोखरा उद्योग बाणिज्य संघ तथाआन्तरिक राजश्वकार्यालय पोखराद्धारा विहीबार पोखरामाआयोजनागरिएको अन्तरक्रियाकार्यक्रममाआन्तरिक राजश्वकार्यालय पोखराकाप्रमुख कर अधिकृत लक्ष्मणबहादुर बस्नेतले घरबहाल कर तिर्नुपर्ने दायित्व घरधनीकै भएकोमाजोड दिए ।

उनले घर बहालबाट आम्दानीगर्ने तर कर नतिर्ने प्रवृत्तिले अवैध सम्पति देखिन सक्नेतर्फ सचेत रहन सबैसँग आग्रह गरे । सो अवसरमाआफ्नो मन्तब्यब्यक्तगर्दै नेपालउद्योग बाणिज्य महासंघका पूर्व अध्यक्षआनन्दराजमुल्मीले निद्रानआउने गरी सम्पतिआर्जन गर्ने हैन किआम्दानीको कर तिर्ने बानीबसाल्नु पर्नेमाजोड दिए । घर बहाल सम्बन्धमा ऐन नै आउनुपर्नेमाजोड दिँदै उनले करदाता भनेकाब्यवसायी मात्रहुनभन्ने मान्यता हट्नुपर्नेमापनिजोड दिए ।

बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले घर बहाल ऐन आएमात्र घरधनी र भाडामा लिने दुबैको अधिकार सुरक्षितहुने धारणा ब्यक्त गरे । घर बनाउँदालागत राख्ने प्रचलननभएको नजिर प्रस्तुतगर्दैसरकारले एकपटक आफ्नो घर निर्माणको लागत घोषणाको अवसर दिनुपर्नेमाउनको जोड थियो । कार्यक्रममापोखरा उद्योग बाणिज्य संघका महासचिवनारायण कोइराला, पोखरा पर्यटन परीषदकाअध्यक्ष सूर्य भुजेल, आन्तरिक राजश्वकार्यालय पोखराका कर अधिकृत शशी भट्टराई,ब्यवसायीहरु लक्ष्मण श्रेष्ठ, रामकृष्ण पराजुलीलगायतले घर बहाल करलाई ब्यवहारिक बनाउनुपर्नेमाजोड दिएकाथिए ।

कमेन्टहरु
Loading...