आहा रारा गोल्डकपमा मनाङमस्र्याङदीको अग्रता

पोखरा १३ माघ /१५ औं आहा रारा गोल्डकपको फाइनल प्रबेशका लागि लक्ष्मी हुण्डाई मनाङमस्र्याङदी क्लबले अग्रता लिएको छ । संकटा क्लबलाई एक गोलले पछि पारेको छ । मनाङका ओला वालेले एक गोल गरे उनले विक्रम लिम्बुले हानेका फ्रिकिलाई विमल बस्नेतले दिएको पासलाई हेड गर्दै ओला वालेले गोल गरेका हुन् ।

संकटा १० खेलाडीमा सिमित छ । ६० औ मिनेटमा ६३ औ मिनेटमा पहेलो कार्ड खादै सुशिल केसी रातो कार्ड खादै बाहिरएका छन् । मनाङ क्वाटरफाईनलमा धरान फुटबल क्लबलाई हराउदै अन्तिम चारमा प्रबेश गरेको हो भने संकटा पहिलो चरणमा नेपाल पुलिस क्लब र क्वाटरफाईनलमा बंगलादेशी क्लबलाई हराउदै सेमिफाईनल यात्रा तय गरेको हो ।

आहा रारा गोल्डकपमा मनाङ र संकटा तेस्रो पटक भिड्न लागेका हुन् भने सेमिफाइनलमा पहिलो पटक प्रतिश्पर्धा गर्दैछन् । यसअघि तेस्रो र १२ औं आहा रारा गोल्डकपको क्वाटरफाईनलमा संकटा मनाङसँग समान २(० ले पराजित भएको थियो । आहा गोल्डकपको दुई वटा संस्करणमा सहभागी भएर दुबै पटक मनाङसँग पराजित भएको संकटा तेस्रो पटक भने संकट टार्दै फाइनल प्रवेश गर्ने लक्ष्य सहित मैदान उत्रनेछ । आहा गोल्डकपमा पाँच पटकको विजेता पुलिसलाई पहिलो चरणमै हराएको संकटा उच्च मनोवलका साथ मैदान उत्रदैछ ।

यसअघि ८ पटक फाइनल पुगेर चार पटक उपाधि उचालेको मनाङ यो पटक पनि उपाधि चुम्ने लक्ष्य सहित प्रतिश्पर्धा गर्दैछ । मनाङ दोस्रो, तेस्रो, १० औं र अघिल्लो संस्करण १४ औं आहा रारा गोल्डकपको विजेता टिम हो ।

आजको विजेताले उपाधिका लागि माघ १५ गते आयोजक सहारा क्लबसँग खेल्नेछ । प्रतियोगिताको विजेताले ५ लाख १ हजार १ र उपविजेताले २ लाख ५१ हजार १ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

कमेन्टहरु
Loading...