माघेक्रान्तिमा ढुङगेसाँघुमा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता

पोखरा २६ पुस /माघेसंक्रान्ति पर्वको अवसरमा पोखराको ढुङगेसाँघुमा १६ औ अन्तराष्ट्रिय फुलकन्ट्याक्ट कराँते तथा पाँचौ क्योकुशिन बुदोकाई कराँते प्रतियोगिता–२०७३ हुने भएको छ । नेपाल क्योकुशिन बुदोकाई कराँते संघ कास्कीको आयोजनामा पुस २९ देखि माघ १ गतेसम्म ढुंङगेसाँघु, टुटुंगा पोखरामा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको प्रतियोगिता प्रचारप्रसार समितिका संयोजक सुवास खड्काले जानकारी दिए ।

प्रतियोगितामा पुरुष ३० के.जी, ३५ के.जी., ४० के.जी.,४५ के.जी., ५० के.जी., ५५ के.जी र खुल्ला तौल समुहमा प्रतिस्पर्धा गराइने छ भने महिला तर्फ ४० के.जी, ४५ के.जी र खुल्ला तौल समुहमा प्रतिस्पर्धा हुने खड्काले बताए । प्रतियोगितामा प्रत्येक तौल समुहमा विजेता खेलाडीले नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।प्रतियोगितामा करिव १ सय ५० खेलाडीले सहभागीता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएका छन् । प्रतियोगिता संयोजक कुँवर, आर्थिक संयोजक इ.धर्मराज कोइराला, प्रचारप्रसारमा सुवास खड्का, खाजा खाना संयोजक दानबहादुर क्षेत्री, संयोजक मञ्च ब्यवस्थापन नवराज गिरी, संयोजक अतिथि सत्कार जानुका अधिकारी, संयोजक निर्णायक तथा खेलाडी ब्यवस्थापन निर्मल पहारी, संयोजक स्वयमसेवक नारायण आचार्य र संयोजक पुरस्कार तथा प्रमाणपत्र ब्यवस्थापन कमल एल.सी रहेका छन् ।

कमेन्टहरु
Loading...