दार्चुला सदरमुकाम बग्न थाल्यो, अझै जोखिम हटेन (फोटो फिचरसहित)

३, असार, दार्चुला । अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले दार्चुला सदमुकाम खलंगामा ५ वटा सरकारी कार्यालयसहित तीन दर्जन घर बगाएको छ । केही दिनदेखिको अविरल वर्षाका कारण आइतबार मध्यरातमा महाकाली नदीमा पानीको सतह बढेपछि कटान सुरु भएको थियो ।

खलङ्गा ४ र ५ मा गरी मा १२ वटा घर र ९ वटा टहरा बगाएको छ भने जिल्ला अस्पतालको पोष्टमर्टम रुम समेत बाढीले क्षति पुर्‍याइसकेको छ । बाढीले अहिलेसम्म घर तथा कार्यालय गरी तीन दर्जन भन्दा बढी बगाएको छ जिल्ला प्रहरी कार्यालय र नेपाल दूर सञ्चार प्राधिकरणको कार्यालय बाढीको उच्च जोखिममा रहेको प्रहरी नायव उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । प्रहरी कार्यालय र प्राधिकरणको भवन रहेको आधा भाग बाढीले बगाइसकेको छ भने जिल्लामा रहेको खुलामञ्च पनि आधा बगाएको छ । दर्जनौं घरहरु कटानको जोखिममा रहेका छन् ।

जोखिममा परेका घरहरुबाट धनमाल तथा सामानहरु सुरक्षित स्थानमा सार्न तैनाथ गुल्मबाट ८१ जनाको टुकडीसँगै प्रहरी र सशस्त्र स्थानीयबासीलाई सुरक्षित स्थानमा सार्न लागेका छन् । सरकारी कार्यालय तथा अस्पतालबाट विरामी एवं बेडहरु लगायत औषधी र उपकरणहरु सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सरकारी कार्यालयका महत्वपूर्ण सामान तथा कागजातहरु समेत सुरक्षित स्थानमा सारिसकेको छ ।

त्यसैगरी बाढीले गल्फैदेखि नमस्कार भन्ने ठाउँसम्मको भू-भागमा तिब्र कटान गरिरहेको छ । बाढीले जिल्लाका धाप, दत्तु, उकु र लाली गाविसमा पनि कटान गरिरहेको प्रहरीले जनाएको छ । पानी पर्न नरोकिए पनि भारतीय सिमानाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युतको बाधस्थलमा पानी भरिएकाले बाँध फुट्ने खतरा बढेकाले बाँध खोल्ने भारतीय पक्षले जानकारी दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतले बाँध खोले सदरमुकाम खलंगाको अधिकांश क्षेत्र प्रभावित हुने भन्दै कोठा सार्न तथा सुरक्षित स्थानतर्फ जान सदरमुकामबासीलाई सूचना गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

बाढी प्रभावितहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुदूर पश्चिममा तयारी हालतमा राखिएको छ । केन्द्रमा रहेको हेलिकप्टर तथा उद्धार कार्य गर्ने दक्ष जनशक्ति तयारी हालतमा रहेतापनि प्रतिकुल मौसमको कारणले हाल उक्त स्थानमा पठाउन कठिनाई भएको सेनाले जनाएको छ ।

यसैबीच नेकपा एमालेले दार्चुला सदरमुकाम खलङ्गामा तत्काल उद्धार थाल्न माग गरेको छ । एमाले सचिव विष्णु पौडेलले विज्ञप्ति जारी गरी तत्काल उद्धार कार्य गर्न र उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न सरकारसँग माग माग गर्नु भएको छ ।

नदी बीचमा थुनिएका २३ मजदुरको सकुशल उद्धार

कञ्चनपुरको भीमदत्त नगरपालिका पिपरैया नजिक महाकाली नदीको बीच भागमा थुनिएका २३ जना मजदुरको सकुशल उद्धार गरिएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट ट्रक र टि्रपरसहित आइतबार राति ८ बजे बालुवा र ढुङ्गा ल्याउन गएका मजदुरहरू नदीमा आएको बाढीका कारण पिपरैया नजिकैको महाकाली नदीको बीच भङ्गालोमा थुनिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले रातभर उद्धारको प्रयास थाले पनि नदीमा पानीको बहाव उच्च भएकाले उद्धार गर्न सकेका थिएनन् ।

खराब मौसमका कारण हेलिकोप्टर आउन नसकेपछि स्थानीय बासिन्दा, प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरूले टयुबको मद्दतले २३ जना मजदुरको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक बिर्खबहादुर रावलले बताउनुभयो । नदीको बीच भागमा रातभर झरिमा भिजेका मजदुरहरूको १६ घन्टापछि उद्धार गरिएको हो । ढुङ्गा र बालुवा ढुवानीका लागि लगिएका तीनवटा टि्रपर, दुई ट्रक र एक जेसिभी भने नदीको बीच भागमै अलपत्र अवस्थामा रहेका छन् ।

खलंगामा बाढीले मच्चाएको आतंक

 

 

 

 

khalanga-1

उर्लिएको महाकाली र नदी किनारमार रहेका घरहरू ।

 

khalanga-2

सामान सुरक्षित स्थानतर्फ लैजाँदै सेना ।

 

 

 

khalanga-3

बाढीले कटान गरेको घरहरू ।

khalanga-4

स्थानीयबासीको उद्दार गर्दै सेना र प्रहरी ।

 

khalanga-5

 

(दार्चुलाबाट भूपी धामीको सहयोगमा)

तस्वीरः नेपाली सेना

– See more at: http://www.onlinekhabar.com/2013/06/82962/#sthash.9RxaOnlA.dpuf

कमेन्टहरु
Loading...