इन्सेकद्धारा परामर्श कार्यक्रम

पोखरा, ३ पोखरा/मानव अधिकार र सामाजिक न्यायका लागी अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक पश्चिमाचल क्षेत्रिय कार्यालय पोखराको आयोजनामा सोमबार एक परामर्श कार्यक्रम सम्पन्न भएको छ । आर्थीक सामाजिक तथा सास्कृतिक अधिकार सम्बन्धि अन्तराष्ट्रिय प्रतिज्ञापत्र १९६६ को मस्यौदा छाँया प्रतिवेदन सम्बन्धि क्षेत्रिय परामर्श कार्यक्रम सम्पन्न गरिएको इन्सेकले जनाएको छ । नेपालले प्रतिज्ञापत्र सन १९९१ मा अनुमोदन गरेको हो ।राज्यको प्रतिवेदनलाई सहयोग पुर्याउनुका साथै मुलुकको आर्थीक सामाजिक तथा सास्कृतिक अधिकार सम्बन्धि अधिकारको अवस्थालाई तथ्यपरक ढङ्गले वास्तविकतामा आधारित भै प्रतिवेदन तयार पारी छाँया प्रतिवेदनको रुपमा समितिमा पठाउनु पर्ने गैरसरकारी संघसंस्थाहरुको दायीत्व अनुरुप सुझाव संकलनका लागि परामर्श कार्यक्रम गरिएको इन्सेकका क्षेत्रिय संयोजक शिव खकुरेलले जानकारी दिए ।

मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय महासन्धिहरुको परिपालनाको अवस्था अनुगमनका लागि मानवअधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुको संलग्नतामा केन्द्रमा मानवअधिकार सन्धि अनुगमन केन्द्रले आर्थिक,, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धि अन्तराष्ट्रिय प्रतिज्ञापत्र १९६६ को छाँया प्रतिवेदन समेत तयार पारिएको संयोजक खकुरेलले जानकारी दिए ।

सन २००६ को जुन देखी २०११ को फेब्रुअरी सम्मको आर्थीक सामाजिक तथा सास्कृतिक अधिकारको अवस्था समेटेर नेपाल सरकारले संयुक्त राष्ट्रसंघिय आर्थिक,समाजिक तथा साँस्कृतिक अधिकार सम्वन्धि समितिमा पठाएको तेस्रो प्रतिवेदनमाथी सन २०१३ को डिसेम्बरमा सुनुवाई हुदै छ ।

कमेन्टहरु
Loading...