आमा समुहद्धारा वाटोमा फलामे रेलिङ्गवार

पोखरा, ३ असार/शुभकामना आमा समुह पोखरा १७ घारीपाटनले स्थानीय ओमकारेश्वर महादेव मन्दिर एवं सेतीनदी जाने वाटो खण्डमा फलामे रेलिङ्गवार निर्माण गरिदिएकोछ । टोल छिमेकमा हुने शुभकार्यमा सास्कृतिक एवं मनोरन्जन कार्यक्रमलाई मुख्य आर्थिक श्रोत वनाउँदै आएको आमा समुहले ६५ हजार रुपैयाको लागतमा वार निर्माण गरेको हो ।

मन्दिरमा दर्शन तथा सेतिनदीमा स्नान गर्न जाने भक्तजनहरुको सुरक्षाको लागि फलामेवार निर्माणका साथै वाटोको सिढी समेत मर्मत गरिएको समुहका अध्यक्ष पार्वती खड्काले जानकारी दिए । समुहद्धारा यस अघि सेतिनदीस्थित देवीघाटसम्म जाने करीव एक सय मिटर वाटोमा पक्कि सिढी निर्माण गरेको थियो भने मार्गदर्शन आमा समुहद्धारा मन्दिर परिसरमा पक्कि क्रियापुत्री भवन समेत निर्माण गरिएको वताइएकोछ ।

कमेन्टहरु
Loading...