तमु ह्युंल छोँज धीं को केन्द्रिय तथा जिल्ला विस्तारिक बैठक

पोखरा १ असार/तमु ह्युंल छोँज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय समितिको तेस्रो बैठक कास्कीको धम्पुसमा सम्पन्न भएको छ । पहिलो पटक काठमाडौँ बाहिर भएको उक्त बैठकले भावी रणनितिहरु तयार गरेको छ । परिषदका अध्यक्ष रेशम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले तमुवान भित्रको अल्पसंख्यकको खोजी गरि अन्र्तक्रिया गर्ने, अन्र्तराष्ट्रिय तमु सम्मेलन गर्ने, तमुवान बारे प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकले विभिन्न १५ विभाग समेत गठन गरेको परिषदका महासचिव धनमान गुरुङले जानकारी दिनुभयो । तेस्रो बैठकमा चार क्षेत्रिय संयोजकहरुले आफ्नो चार महिने रिपोटिङ प्रस्तुत गरेका थिए । बैठकमा सम्पुर्ण केन्द्रिय पदधिकारीहरुको सहभागीता रहेको थियो । यसैविच तमु ह्युंल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्की जिल्लाको विस्तारित बैठक पनि सम्पन्न भएको छ । कास्कीको धम्पुस गाँउ मै सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । कास्की अध्यक्ष दल बहादुर गुरुङले प्रस्तुत गर्नुभएको प्रस्ताव माथी छलफल गरि बैठकले विभिन्न उपसमितिहरु गठन गरि पारित गरेको छ ।

केहि दिन अघि जिल्ला कार्यसमितिको बैठकमा राखिएको भवन निर्माण, तमु जागरण, युवा समिति निर्माण, संगठन विस्तार, प्रशिक्षण विभाग लगायतका विभिन्न उपसमितिहरुको संयोजक तोक्ने प्रस्तावलाई बैठकले पारित गरेको हो । विस्तारित बैठकमा जिल्ला कार्यसमितिको मतहतमा रहेका क्षेत्रिय संगठनहरुले आफ्नो प्रगति रिपोटिङ्ग गरेका थिए । बैठक पछि केन्द्रिय पदधिकारीहरुले प्रशिक्षित समेत गरेको थियो । प्रशिक्षित कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष रेशम गुरुङले निजमति सेवामा तमु समुदाय पछाडि परेको बताउदै यसमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले तमु समुदाय विदेशीने क्रम सदियौँ देखी रहेकोले यसलाई अवको युवा पुस्ताले रोक्न सक्नुपर्ने बताउनुभयो ।

कमेन्टहरु
Loading...