आर्मीलाई हराउँदै मनाङ नयाँ च्याम्पियन

१ असार, काठमाडौं । शुलभ मास्केको हृयाटि्रकमा नेपाल आर्मीलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लबले पहिलो पटक गोर्खाकप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा मनाङले आर्मीलाई ४-१ गोल अन्तरले पराजित गर्दै गोर्खाकपको नयाँ च्याम्पियन बनेको हो ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सबै खेल जितेको आर्मीले १ गोल समेत खाएको थियो भने समूह चरणको अन्तिम खेलमा मनाङलाई नै १-० गोल अन्तरले पराजित गरेको थियो । तर, फाइनलमा मनाङले उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ । अमृत पन्तले क्लब सम्हालेपछि सिजनको पहिलो खेलमा उपाधि जितेको मनाङले १० लाख हात पारेको छ भने २० वर्षपछि रंगशालामा उपाधि उचाल्ने मौका चुकाएको आर्मीले ५ लाखमा चित्त बुझाएको छ । मनाङका संस्थापक खेलाडी अृमत १७ वर्षपछि यो सिजन प्रशिक्षणमा फर्किएका हुन् । उनकै प्रशिक्षणमा मनाङले ४३ सालमा ३ पटक उपाधि जिच्दै ए डिभिजन लिगमा हृयाटि्रक गरेको थियो । राष्ट्रिय टोलीका कप्तान सागर मनाङ फर्किएपछि उनको पनि यो पहिलो उपाधि हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले ९ औं मिनेटमा शुलभको गोलबाट अग्रता लियो । शिव श्रेष्ठको क्रममा अनिल गुरुङ डेल गर्न चुकेको बलमा अनमार्कमा रहेका मास्केले गोल गरेका हुन् । १७ औं मिनेटमा अनिल गुरुङले मनाङको अग्रता दोब्बर पारे । विशाल राई बीको पासमा अनिलले डी बक्स एरियाबाट सुन्दर गोल गरेका हुन् । खेलको २९ औं मिनेटमा आर्मीले १ गोल फर्कायो । आर्मीविरुद्ध उत्कृष्ट प्रर्शदश गरेका मनाङका रक्षक विशाल श्रेष्ठ केही अघि बढेको मौकामा काशीराज कार्कीले गोल गरेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पहिलो हापमा केही राम्रो मौका गुमाएको थियो ।

तर, दोस्रो हापको सुरुमा ४९ औं मिनेटमा शुलभले गोल गर्दै मनाङलाई ३-१ को अग्रता दिलाए । ६४ औं मिनेटमा राजु तामाङको प्रहार बारमा लागेर फर्किँदा आर्मी अभागी सावित भयो । खेलकेा ८९ औं मिनेटमा मनाङका लागि चौथो गोल गर्दै शुलभले फाइनलमा हृयाटि्रक गरे ।

खेलको अन्तिममा आर्मीका काशीराजले गोल गरेपछि रेफ्रीले अफसाइड दिएपछि मनाङ ४-१ को जितका साथ उपाधि जित्न सफल भयो ।

प्रतियोगितामा आर्मीका टंक बस्नेत उत्कृष्ट घोषित भए भने स्ट्राइकरमा आर्मीका काशीराज कार्की र मिडफिल्डमा आर्मीकै टेबहादुर बुढाथोकी उत्कृष्ट घोषित भए । उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल श्रेष्ठ, डिफेण्डरमा मनाङकै कप्तान सागर थापा र उत्कृष्ट प्रशिक्षक मनाङकै अमृत पन्त घोषित भए ।

– See more at: http://www.onlinekhabar.com/2013/06/82119/#sthash.rWpfcldj.dpuf

कमेन्टहरु
Loading...