पाँचौ हङकङ व्युटि ट्यालेन्ट कन्टेष्टको उपाधि सुजु पुनलाई

पोखरा, १ असार/पाँचौ हङकङ व्युटि ट्यालेन्ट कन्टेष्ट २०७० को उपाधि सुजु पुनले जितेकी छन । वेष्ट पर्सानालीटिको टाईटल सेमत जितेकी पुनले १७ प्रतियोगिहरुलाई पछि पार्दै उपाधि जितेकी हुन । यदी तपाइले पाँचौ हङकङ व्युटि ट्यालेन्ट कन्टेष्ट २०७० को उपाधि जितेमा के गर्नु हुन्छ ? भन्ने फाईनल चरणमा निर्णायकहरुले सेधेको प्रश्नमा विजेता पुनले महिलाहरुको विकासको लागि तालिम तथा शसक्तीकरण गर्दैै महिला जागर गर्ने कुरामा जोड दिएकी थिइन ।

winnerउक्त प्रतियोगितामा फष्ट रनर अफमा सृजना परियार, सेकेण्ड रनर अफमा सजिना क्षेत्रि र दर्शक छनौटमा नानु गुरुङ, वेष्ट ट्यालेन्टको टाईटल मन्जीला तामाङले हात पार्न सफल भईन । विजेता प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवि डाक्टर चन्द्रा भद्रा, गतबर्षकी विजेता विमला गुरुङ, हङकङ हर्वल व्युटी ईन्स्टिच्युटका संचालक एवम राष्ट्रिय सौदर्यकर्मी युनियन नेपालका अध्यक्ष मिना गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा महेन्द्रपुलमा रहेको हङकङ हर्वल व्युटी ईन्स्टिच्युटको आयोजना गोर्खा बराह एण्ड ज्वलरीको मुख्य प्रायोजनमा पोखरा उद्योग बाणिज्य संघको सभाहलमा सुक्रबार उक्त कार्यक्रम आयोजना भएको हो । उक्त प्रतियोगितामा १५ देखि ३० बर्ष उमेर समुहका १८ जना प्रतियोगि सहभागि भएका थिए । महिलाहरुको क्षेमता अभिबृद्धि गराउने उद्धेश्यले यस बर्षदेखि ईन्स्टिच्युटमा आबद्ध नभएका अन्य व्यक्तिहरुले समेत सहभागिता जनाएकोे ईन्स्टिच्युटले जनाएको छ । यस प्रतियोगिताका कोरीयोग्राफी रविन्द्र बज्रचार्ज रहेका थिए भने फोटोग्राफिमा उमेश पुन रहेका थिए । उक्त प्रतियोगिताको निर्णायक मण्डलमा शान्ति गुरुङ, सन्जल मल्ल, गोरे गुरुङ, सुरेन कुमार शुशिल, सुमन गुरुङ रहेका थिए ।

उक्त अवसरमा ईन्ष्टिच्युटमा रहेका बिद्यार्थी मध्य वेला गुरुङ उत्कृष्ट बिद्यार्थी हुन सफल भईन भने वेष्ट स्टाफ सुनिता श्रेष्ठ भईन ।
यसै विच २०६८ सालदेखि ईन्ष्टिच्युटले प्राप्ति त्रैमासिक पत्रिका समेत संचालन गर्दै आएको छ । यस ईन्ष्टिच्युटले यस पत्रिका प्रकाशनमा स्थापना कालदेखि निरन्तर रुपमा लेखक, रचना तथा फोटो उपलब्ध गराउदै आएका १० जना पत्रकारलाइ सम्मान गरेको पत्रिकाका कार्यकारी सम्पादक दिननाथ बरालले बताए ।

सम्मानित हुनेहरुमा विषेश सहयोगी विजय नेपाल, आरजु विष्ट (शल्यानी), सावित्रि गौतम, रेम विक, वसन्ती बाँस्तोला, विभास भुजेल, तारा शर्मा, फोटो पत्रकार शुदर्शन रञ्जित, संजय शाक्य र उमेश पुन रहेका छन । कार्यक्रमका प्रमुख अतिथि समाजसेवि डाक्टर चन्द्रा भद्रा र हङकङ हर्वल व्युटी ईन्स्टिच्युटका संचालक एवम राष्ट्रिय सौदर्यकर्मी युनियन नेपालका अध्यक्ष मिना गुरुङले सम्मानित व्यक्तिहरुलाई मायाको चिनोको साथमा खादा लगाएर सम्मान गरेका हुन ।

 

कमेन्टहरु
Loading...