१ सय १० वर्षिया जेष्ठ नागरिकलाई सम्मान

सागर राज तिमिल्सिना
पोखरा, १ असार/जेष्ठ नागरिकहरुप्रति गरिने दुव्र्यवहार विरुद्धको विश्व जनचेतना दिवसको अवसर पारी कास्कीको लेखनाथ निवासी एक बृद्धालाई सम्मान गरेका छन् । जेष्ठ नागरीक सरोकार मञ्च कास्कीको आयोजनामा कास्कीको लेखनाथ नगरपालिका ११ की १ सय १० वर्षिया बृद्धालाई सम्मान गरेको हो । १९६० साल भदौ ७ गते लेखनाथ ८ पचभैया जन्मीएकी धनकुमारी गुरुङ्गलाई सम्मानपत्र, दोसल्ला, नगदले सम्मान गरेको हो । उनलाई लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत जिवन ज्ञवालीले सम्मान गरेका थिए ।

IMG_3482सम्भवत नेपालीकी सबै जेष्ठ नागरीक रहेकी गुरुङ्गका १ नाती र नातीनी बुहारी, २ पनाती, ३ पनातीनी, ४ खनाती र १ खनातीनी रहेका छन् । उनलाई ६१ वर्षिया नाती इमानसिंह गुरुङ्ग र नातीनी बुहारी चिनी माया गुरुङ्गले हेर विचार गर्दै अएका छन् । उनका छोरा बुहारीको ६० वर्ष अगाडी नै मृत्यु सकेको छ । नाती इमानलाई पनि धनकुमारीले हुकाएकी थिइन् ।

१ सय १० वर्षिया भए पनि उनि आफै खाना खान सक्ने, शौचालय जानसक्ने र खासै विरामी पनि नहुने गरेको नाती इमान सिहंले बताए । उनका दातँ नभए पनि मकैका फुल, स्याउ, मासु खाने गरेका नातीले बताए । कान कम सुन्ने जेष्ठ नागरिक धनकुमारी सम्मान कार्यक्रममा खुसी देखिएकी थिइन् ।

कार्यक्रममा जेष्ठ नागरीक सरोकार मञ्च कास्कीका अध्यक्ष हरी प्रसाद किरण ओझाले जेष्ठ नागरीकको सबैले सम्मान गर्नु पर्ने बताउदै उनिहरुले भोगेका अनुभव सबैले लिनु पर्ने बताए । उनले पछिल्लो समयमा बाबु आमालाई हेरविचार नगर्ने चलन चलेको बताउदै इमानसिंहले गरेको काम सबैले सिक्नु पर्ने बताएका थिए ।

कमेन्टहरु
Loading...