सैनिकमा वेल्टटेष्ट कार्यक्रम

पोखरा, १ असार/शैनिक आवासीय महाविद्यालय पोखरामा शनिवार ८० जना विद्यार्थीको वेल्टटेष्ट भएको छ । कास्की जिल्ला सितोरीयो कराँते संघका सचिव धन लामा र राष्ट्रिय रेफ्रि अभिमान गुरुङले खेलाडीहरुको वेल्टटेष्ट गरेक थिए ।

जसमा सुजन श्रेष्ठ प्रथम, अभिशेक वानिया र सञ्जिता श्रेष्ठ दोस्रो र नुतन पौडेल तेस्रो भएका छन् । विजय खेलाडीलाई सम्पर्क अधिकृत मोहनचन्द्र गुरुङ, कास्की जिल्ला सितोरीयो कराँते संघका सचिव लामा र राष्ट्रिय रेफ्रि गुरुङले मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

वेल्टटेष्टमा २० जना खेलाडी ह्वाईट वेल्टका, २४ जना खेलाडी स्टेप ग्रिन वेल्टका, १८ जना ग्रिन वेल्ट र १८ जना खेलाडी व्राउन वेल्टका रहेका थिए । शैनिक आवासिय महाविद्यालय पोखराका डोजोका प्रशिक्षक मनराज भण्डारी रहेका छन् ।

कमेन्टहरु
Loading...