लोकगीतमा अमरसिह मावि प्रथम

पोखरा, ३१ जेठ/विश्व रक्तदाता दिवशको अवसर पारी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा पोखरामा लोक गीत प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा लोक गित प्रतियोगितामा अमरसिह उच्चमावि अमरसिह प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै गरी द्वितीय करुणानिधि उच्च मावि सिम्पानी, तृतीय जनचेतना मावि निर्मलपोखरी र सान्त्वना ज्योती वोर्डिङ स्कुल विजयी भएका छन् ।

कार्यक्रमका डब्लुएच ओका निर्देशक डा. पलपसा कंशाकारले नगद सहित प्रमाणपत्र क्रमश ः ३ हजार, २ हजार, १५ सय र १ हजार प्रदान गरेकी थिइन् । उनले मानव जीवनमा सबभन्दा ठूलो धर्म भनेको रक्तदान हो भन्दै रक्तदान गर्न हामी कोहीपनि छुट्न नहुनेमा जोड दिएकी थिइन् । कार्यक्रममा जीवन दाहाल, सिता केसी, सुरेन्द्र गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कमेन्टहरु
Loading...