पहिचानको नाममा जातियता रोज्नु गलत हो– पोखरेल

पोखरा, ३१ जेठ/नेकपा एमालेका केन्द्रीय सचिव शंकर पोखरेलले पहिचान खोज्नु ठीक हो, तर पहिचानको नाममा जातीय पार्टी खोल्नु गलत भएको बताउदै संविधानसभाको निर्वाचनमा एकल जातीय ठीक कि बहुजातीय पहिचान ठीक भन्ने उत्तर जनताले दिने बताए ।

संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान २०७० अन्तर्गत नेकपा एमाले क्षेत्र नं.३ कास्कीद्वारा पोखरा आयोजित नगर केन्द्रीत जनसभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । उनले एमाओवादी आफैले उठाएको मुद्दालाई छोड्दै जनतालाई ढाँटेर कति समयसम्म शक्तिशाली पार्टी बन्न सक्छ ? भनि प्रश्न गरे ।

उनले सुर्य ग्रहणलाई हेर्दा आखाँ विग्र जस्तै अघिल्लो संविधान सभाको चुनावमा जनताले एमाओवादीलाई हेर्दा देश विग्रको बताए । उनले त्यही कारणले अहिले नेपाल सबै भन्दा कम्जोर स्थीतिमा रहेको बताए । कार्यक्रममा विशेष अतिथि पोलिटव्यूरो बैकल्पिक सदस्य खगराज अधिकारीले स्थानीय तह र आधारभूत जनताबीच पार्टी काम लैजान एक महिने पार्टी परिचालन अभियान संचालन गरिएको बताए ।

सभामा नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्यहरु एकबहादुर रानामगर, जगत विश्वकर्मा, चुडामणि जंगली, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरु मानबहादुर जि.सी., सृजना शर्मा, सीता सुन्दास, जिल्ला कमिटी सचिवालय सदस्यहरु युवराज पौडेल, प्रभा कोइराला, तेजनारायण अधिकारी लगायतले पार्टी परिचालन अभियानबारे जानकारी दिएका थिए ।

कार्यक्रममा जय परियार र कृष्ण भण्डारीले राष्ट्रियताले ओतप्रोत र जनवादी गीत प्रस्तुत गरेका थिए । क्षेत्र नं.३ का अध्यक्ष धनबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नगेन्द्र गुरुङ्ग र कार्यक्रमको संचालन सचिव ऋषिराम गौतमले गरेका थिए ।

कमेन्टहरु
Loading...