उपल्लो मुस्ताङको सान

काठमाडौ, जेष्ठ ११ – हिमालपारीको जिल्ला हो मुस्ताङ । तर त्यहि मुस्ताङभित्र पनि उपल्लो मुस्ताङ छ जसले एउटा अनुपम यात्राको अनुभव दिन्छ । सन् १९९० को दशकयता मात्र विदेशीको लागि खुला गरिएको क्षेत्र भइकन पनि धेरै पुराना बौद्ध साहित्यमा धर्म प्रचारकहरु सोही मार्गहुँदै भारतदेखि जापानसम्म पुग्नेगरेको उल्लेख छ ।

मानवनिर्मित र मानव बस्ती हुने प्राचिन गुफा परिसरहरु त्यहाँका मुख्य आकर्षण हुन् । जसमा विभिन्न प्राचिन कला र पुरातत्व देख्न पाइन्छ । पर्खालले घेरिएको  शहर लोमाङथाङका स्थानियले अझै त्यहाँ राजा मान्छन् । राजा र जनता मिलेर मनाइने तिजी पर्व त्यहाँको अर्को आकर्षण हो । यद्यपि यसपटक काठमाडौं आएका राजा त्यता पुग्न सकेनन् र उनको तस्विर राखेरै त्यसको निरन्तरता दिइयो ।

सुन्दर हिमालहरु र आकर्षक पदयात्रा मार्ग त हुने भइनैहाले । कालिगण्डकी नदिको तिरैतिर र वारपार गर्दै उराड डाँडालाई आड लिएर हिंड्नुको मज्जा पहिलोपटक हासिल गरेको थिएँ मैले । एउटा फोटोपत्रकारका लागि भने तस्विरहरु खिच्न भ्याइनभ्याई हुने यात्रा थियो त्यो । जता हेर्‍यो उतै छुटाउन नहुने तस्विरहरु देख्थे म । लाग्थ्यो साँच्ची उपल्लो मुस्ताङको सान विश्वमै उचो छ । त्यसैबेला मेरो मनमा खड्किरहेको थियो, “खै त यसको भरपुर उपयोग गरेको ?’

 

 

 

शब्द/तस्विर : लक्ष्मीप्रसाद ङाखुसी

– See more at: http://www.ekantipur.com/np/2070/2/11/full-story/368717.html#sthash.0xMG6GMx.dpuf

कमेन्टहरु
Loading...