३० जेठ, काठमाडौं । संविधानसभाको दोस्रो निर्वाचन आगामी मंसिर ४ गते हुने भएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार गठन भएको ३ महिनापछि संविधानसभाको निर्वाचनको मिति घोषणा भएको हो ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनसम्वन्धी अध्यादेश अनुमोदनका लागि राष्ट्रपतिसमक्ष सिफरिस गर्दै मंसिर ४ गते मंगलबार निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले सर्वोच्चका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको नेतृत्वमा ५ सदस्यीय निर्वाचन क्षेत्र पुनःसंरचना आयोग समेत गठन गरेको छ । आयोगलाई १ महिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
सरकारले नेकपा-माओवादीसहितका आन्दोलनरत दलहरुलाई वार्तामा आउन आहृवान समेत गरेको छ । संघीय लोकतान्त्रिक मोर्चा र संघीय समाजवादी पार्टी नेपालले अघि सारेको केही माग पूरा भइसकेका छन् भने केही माग पूरा हुने क्रममा रहेको भन्दै सरकारले पूरा हुन नसकेका आ-आˆना केही माग थाति राखी निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग पुर्याउन अपिल गरेको छ । सरकारले आफ्ना पूर्वशर्त त्यागी वार्तामा आउन नेकपा-माओवादी तथा माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई आहृवान गरेको छ ।
– See more at: http://www.onlinekhabar.com/2013/06/81452/#sthash.dl8kVks4.dpuf