नेपाली विभागद्वारा भ्रमण र समीक्षा

पोखरा, ३० जेठ/पृथ्वीनारायण क्याम्पस पोखराअन्तरगतको नेपाली विभागले हालै आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा भ्रमण गरेको छ । आदिकवि आचार्यको दुई शतवार्षिकीको सन्दर्भ पारी आयोजना गरिएको भ्रमणमा विभागका १० प्राध्यापकहरुको सहभागिता रहेको थियो । विभागीय प्रमुदख डा. रविलाल अधिकारीको नेतृत्वमा रहेको भ्रमणदलमा प्राडा विष्णुप्रसाद पौडेल, सहप्राध्यापक चुडामणि खनाल, कृष्णप्रसाद पौडेल, डा. लक्ष्मीशरण अधिकारी, उपप्राध्यापक नारायणप्रसाद न्यौपाने रहेका थिए । यसैगरी, भ्रमणदलमा शिक्षण सहायक यमबहादुर राना, श्रीधर न्यौपाने, यादवराज उपाध्याय एवं कर्मचारीहरु रहेको विभागले जनाएको छ ।

भ्रमणपश्चात् विभागले बिहीबार भानुका कृति र जन्मस्थलकोबारेमा समीक्षा बैठक सम्पन्न गरेको छ । सोही कार्यक्रममा उपप्राध्यापकबाट सहप्राध्यापकमा बढुवा भएका डा. यामनाथ तिमिल्सिना र डा. लक्ष्मीशरण अधिकारीलाई विभागले बधाई ज्ञापन गर्दै थप प्रगति र जिम्मेवारीको शुभकामनासमेत दिएको विभागीय प्रमुख अधिकारीले बताए ।

 

कमेन्टहरु
Loading...