आठौ विटी कप शुरु,आयोजकको विजयी शुरुवात

जेष्ठ ३०,पोखरा/बुद्धटोल युवा परिवार बगर–१,टुंडिखेलको आयोजनामा पोखराको टुंडिखेल मैदानमा आठौं संस्करणको विटि कप खुल्ला सेभेन ए साइड फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक विटि निलोले त्रिशक्ति क्वल लाचोकलाई २–१ गोलले पराजित गरेको छ । आयोजकको जितमा बरदान लामा र असिम थापाले गोल गरे भने लाचोकको तर्फबाट सुन्दर हमालले गोल गरेका थिए । उद्घाटन दिनकै अर्को खेलमा लेकसाइड क्लवले नवआदर्श क्लव लामाचौरलाई ४–२ गोलले पराजित ग¥यो ।

यसअघि कम्युनिटी सपोर्ट गु्रपका अध्यक्ष मनोज गुरुङ्गले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै गुरुङ्गले सहभागि खेलाडीहरुलाई खेल भावना अनुसार अनुशासित पूर्वक खेल्न आग्रह गरे । सोही समारोहमा पल्र्सर वर्ष खेलाडीमा चयन भएकि उसुकि अन्तराष्ट्रिय खेलाडी झरना गुरुङ्गलाई सम्मान समेत गरिएको थियो ।

आयोजक परिवारका अध्यक्ष अरुण गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रतियोगिता संयोजक प्रदिपकुमार राई ( दाह्रासिंह) ले स्वागत तथा सचिव रेशम सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की शाखा उपाध्यक्ष राजबहादुर गुरुङ्ग, खेकलुद पत्रकार मञ्च कास्की अध्यक्ष विनोद लामिछाने, नेपाली काँग्रेसका युवा नेता देवेन्द्र शेरचन, पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघका अध्यक्ष खगेन्द्र गौचन बगर भाइखलका अध्यक्ष दिलकाजी गुरुङ्ग, टुडिखेल मैदान निर्माण समितिका संयोजक चन्द्रबहादुर गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।

५० टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुनेले नगद ६० हजार, द्धितिय हुनेले नगद ३५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनहि नगद पाँच पाँच हजारले पुरस्कृत गरिने छ । त्यसैंगरि क्वाटरफाइनलबाट हरेक खेलमा म्यान अफ द म्याच पुरस्कार पनि दिइने आयोजक समितिले जनाएको छ ।

 

कमेन्टहरु
Loading...