पोखरा, १५ मंसिर /मंगलबार बेलुकी करिब आठ बजे तिर पोखराको प्रस्याङबाट स्कुटर चोरी भएको छ । ग ५ प ७४० नम्बरको रातो रङको प्लेजर स्कुटर चोरी भएको स्कुटर धनी हुमलाल पाण्डेले जानकारी दिए ।
सबै तिर खोजी गर्दा पनि स्कुटर नभेटिएको उनले बताए । स्कुटरमा हुमलाल पाण्डे लाइसेन्स र बिलबुक समेत रहेको उनले जानकारी दिए । प्रस्याङ स्थीत पाण्डे मोवाइल मर्मतको अगाडी राखेको स्कुट चोरी भएको हो ।
पहिला त कसैले मजाक गरेर लुकायो होला भन्ने लागेको थियो तर अहिले सम्म पनि खोज्दा भेटिएन भन्दै स्कुटर दुखेसो ब्यक्त गरे । पोखरामा बेला बेलामा स्कुट र मोटरसाइकल चोरीका घटना घट्ने गरेका छन् ।