भूकम्पले लेखनाथमा घर भत्कियो

पोखरा, १३ मंसीर/कास्कीको लेखनाथमा सोमबार बिहान गएको भूकम्पले एक घर भत्किएको छ । लेखनाथ ४ जलधरेमा रहेको रुद्रमोहन भट्टराईको पुरानो घर भत्किएको हो ।

२०७२ साल वैशाख १२ गतेको भुकम्पले चर्काएको घर सोमबार विहान गएको पराकम्पले भत्किएको हो । घर कोही पनि नबस्ने भएका अन्य कुनै क्षेती भने नभएको प्रहरीले जानकारी दिएको छ ।

बिहान ५ बजेर २० मिनेटमा आएको ५.६ रेक्टर स्केलको भुकम्प गएको थियो । अघिल्लो भुकम्पले चर्काएकै पश्चिमतर्फको गाह्रो अहिले भत्किएको प्रहरीको भनाई छ । भट्टराई परिवार भने अन्यत्र बस्दै आएको छ ।

कमेन्टहरु
Loading...