तरुणदलको अध्यक्षमा जीतजंग बस्नेत चयन

सागर राज तिमिल्सिना
पोखरा, १ मंसिर /नेपाल तरुणदलको चौथो अधिबेसनले जीतजंग बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । काग्रेस नेताहरुले सहमतीमा तरणदलको पदाधीकारी चयन गरेका हुन् ।

उपाध्यक्षमा उत्तम चापागाई, महासचिबमा भुपेन्द्र जंग शाही र कोषाध्यषमा विद्धान गुरुङलाई चयन गरेको छ । ९५ सदस्यीय रहने कार्यसमितिका अन्य सदस्यहरु पछि छनौट गर्ने केन्द्रीय निर्देशन समितिका संयोजक बालकृष्ण खाणले जानकारी दिए ।

कमेन्टहरु
Loading...