पोखरा गएराती १८१ मिलिमिटर पानी, ठाउँ ठाउँमा क्षती

सागर राज तिमिल्सिना
पोखरा, २८ जेठ/पोखरामा गएराती करिब ५ घण्टामा १ सय ८१ दशमलव ६ मिलिमिटर पानी परेको छ । सन् २०१३ मा एकै दिन परेको पानी अहिले सम्म कै ठुलो हो । जुन महिनामा सन् १९७७ मा २४ घण्टामा पोखरामा २ सय ४ दशमलव २ मिलिमिटर पानी परेको क्षेत्रीय हावापानी केन्द्र पोखराका प्रमुख सुदिप प्रसाद कार्यस्थले जानकारी दिए । यस वर्ष जुन महिनाको दश दिनमा ४ सय १४ मिलिमिटर पानी परेको छ ।

जुन महिनाको औषत पानीको ६ सय ६९ मिलिमिटर पानी पर्ने गर्दछ । जुन महिलनमा यस वर्ष अघिल्ला वर्षमा भन्दा बढि पानी पर्ने देखिएको कायस्थले बताए । पोखरामा सबै भन्दा बढि पानी सन् २००१ को अगस्टमा ३ सय ५७ मिलिमिटर पानी परेको रेकड कार्यालय सगँ छ । पोखरा हिजो रानी १ बजेबाट मेग्घ गर्जनुका साथै ठुलो पानी परेको थियो । चक्रिय पश्चिमी बायु सक्रिय भए पछि पानी परेको बरिष्ठ मौषम विध सुमन कुमार रेग्मीले जानकारी दिए ।

पानीका कारण पोखराको प्रस्याङ्गमा केही घरमा क्षती पुगेको छ भने, पोखरमा रहेको लोक सेवा आयोगको कार्यालय पानी परेर कार्यालयमा नै ताल बनेको थियो । त्यसै गरि पोखराको अमरसिहमा रहेको चिरन हरी हार्डवयरको गोदाममा पानी पसेका कारण करिब १० लाख बढिको क्षती पुगेको छ ।

कमेन्टहरु
Loading...